२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ड्रोन खेलको व्यवस्थापन र नियमन गर्न खेलकुद मन्त्री गुप्तासँग मानवरहित विमान संघको माग

अ+ अ-

काठमाडौँ । मानवरहित विमान संघ नेपालले नेपालमा भइरहेको अनियमित ड्रोन तथा अन्य पाइलटविहीन खेल–गतिविधिको नियमन गर्न माग गरेको छ ।

युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तासँग बिहीबार भेट गरी संघका पदाधिकारीहरूले देशका विभिन्न स्थानहरूमा ड्रोन रेसिङ तथा पानी र हावामा सञ्चालन गरिने पाइलटविहीन उपकरणहरू बिना कुनै स्पष्ट मापदण्ड सञ्चालन हुँदै आएको बताए ।

सुरक्षादेखि खेलको मर्यादा तथा अनुशासनसम्म नकारात्मक प्रभाव पारिरहेकोप्रति उनीहरूले मन्त्रीको ध्यानाकर्षण गराए । यस्ता गतिविधिको नियमन, अनुमति प्रक्रिया, निरीक्षण तथा सञ्चालन-अनुगमन कार्य केवल सरकारी निकायमा सीमित नराखी, प्राविधिक दक्षता भएका गैर-सरकारी संस्थालाई जिम्मेवारीसाथ प्रदान गर्नुपर्ने उनीहरूको भनाइ छ ।

नेपाल क्रिकेट संघले क्रिकेट खेलको सम्पूर्ण संरचना र व्यवस्थापन सम्हालेजसरी मानवरहित विमान–सम्बन्धी खेल तथा गतिविधिको औपचारिक संरचना संघ जस्ता विशेषज्ञ संस्थाले वहन गर्न सक्ने सुझाव दिइएको संघले जनाएको छ ।

प्रविधिमूलक खेलहरूलाई मन्त्रालयले आफ्नो संरचनाभित्र समावेश गर्नुपर्ने र राज्यको औपचारिक सहयोगले मात्र नेपालमा टेक्नोलोजिकल स्पोर्ट्सलाई विश्वस्तरीय स्तरमा उकास्न सकिने धारणा व्यक्त गरिएको संघको भनाई भनाई छ ।