२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धमेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतको विद्रोही पक्ष नेपाली कम्युनिष्ट पार्टीमा समाहित

अ+ अ-

काठमाडौँ । धमेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) को विद्रोही पक्ष नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा समाहित हुने भएको छ । नेकपा (बहुमत) का तत्कालीन पोलिटब्यूरो सदस्य (पीबीएम) एवम विद्रोही समूहका संयोजक सरद रसाइलीसहित १२ जनाले बिहीबार संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै नेकपासँग एकता गर्ने निर्णय गरेका हुन् ।

बिहीबार राष्ट्रिय सभा गृहमा भएको एकता सभामा उक्त समूहमा समाहित भएको संयोजक रसाइलीले नेपाल प्रेसलाई बताए । एकता प्रक्रियामा आउने विद्रोही समूहका संयोजक तत्कालीन एकीकृत नेकपा (माओवादी)को विद्यार्थी संगठन अखिल क्रान्तिकारीको हिमाल शर्मा नेतृत्वमा उपाध्यक्ष थिए ।

त्यसपछि मोहन वैद्य ‘किरण’ नेतृत्व फुटेर बनेको नेकपा माओवादी निकट विद्यार्थी संगठनको अध्यक्ष बनेका थिए भने वैद्यबाट फुटेर गठन भएको अखिल (क्रान्तिकारी)को अध्यक्ष हुँदै उक्त पार्टीको केन्द्रीय सदस्य बनेका थिए ।

‘विप्लव’बाट फुटेर बनेको नेकपा (बहुमत) को पोलिटब्यूरो सदस्य थिए । रसाइलीसँगै तत्कालीन एकीकृत नेकपा (माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रात्किारी) को उपाध्यक्ष तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा प्रमुख स्वकीय सचिव रहेका रमेश मल्ल र विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीका नेता जागृत रायमाझी थिए ।

रसाइलीसँगै एकता प्रक्रियामा आउनेमा नेकपा (बहुमत) का तत्कालीन पीबीएम बद्रीकुमार चौलागाईं ‘आमोद’, पलबहादुर रावत ‘संगम’, पूर्ण विक ‘रक्तिम’, किरण जोशी ‘बासुदेव’, अग्रिम बुढा (गम्भीर), पूर्व केन्द्रीय सदस्य दर्शन नेपाली, शम्भु फुयाँल, बद्री अधिकारी, आशिष् चौधरी, नेत्र बस्नेत, तत्कालीन एकीकृत नेकपा (माओवादी) का केन्द्रीय सदस्य ममिला बान्तवा छन् ।