२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सामाजिक सुरक्षाको प्रत्याभूति नहुँदा समाजमा असन्तुष्टि बढ्यो’ : शंकर पोखरेल

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले सामाजिक सुरक्षाको प्रत्याभूति नहुँदा समाजमा असन्तुष्टि बढेको धारणा राखेका छन् । 

नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) ले आज ‘आठौँ समाजिक सुरक्षा दिवस’ को अवसरमा आयोजित ‘योगदानमा आधारित सामाजिक सुरक्षा : वर्तमान अवस्था र भावी कार्यदिशा’ कार्यक्रममा उनले  मानिसलाई भविष्य प्रतिको प्रत्याभूत हुने गरी अगाडि बढाइयो भने अपराध घटेर जाने बताए । 

महासचिव पोखरेलले समाजमा देखिएको अराजकता, पछिल्लो पटक राष्ट्रप्रति लगाव कमजोर भएर जाने र धर्मसस्कृति मूल्य मान्यताप्रति प्रहार गर्ने जस्ता प्रवृत्तिलाई सुधार गर्ने माध्यम सामाजिक सुरक्षा कार्यक्रम हुन सक्ने बताए । 

उनले एमालेले लोककल्याणकारी अवधारणा अगाडि सारेर सामाजिक सुरक्षा कार्यक्रम बढाएको भन्दै पहिलो पटक मनमोहन अधिकारी प्रधानमन्त्री भएको बेला ज्येष्ठ नागरिक सुरक्षा कार्यक्रम र पछिल्लो समय पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम अगाडि बढाइएको जानकारी दिए । 

महासचिव पोखरेलले सामाजिक सुरक्षा कार्यक्रमलाई श्रमिक पक्षमा स्थापित गर्ने कुरा हुन नसकेको बताए । उनले अनौपचारिक क्षेत्रका श्रमिकलाई सूचीकरण गरेर सामाजिक सुरक्षामा जोड्न आवश्यक रहेको जोड दिए । 

उनले कोषले तल्लो तहमा कार्यालय सञ्चालन गर्न सके अझ धेरै श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध हुने बताए । उनले तत्कालका लागि नभई भविष्यको जीवनको सुरक्षाका लागि सामाजिक सुरक्षा कार्यक्रम अनिवार्य छ भनेर कुरा सोच्नुपर्ने बताए । 

नेकपा (एमाले) उपमहासचिव विष्णु रिमालले अनौपचारिक क्षेत्रलाई सामाजिक सुरक्षा कोषमा जोड्न सके धेरै श्रमिकको आर्थिक पक्ष राम्रो हुने बताए । उनले स्थानीय तहले अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा जोड्न लाग्नुपर्ने बताए । 

कार्यक्रममा जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले हरेक क्षेत्रमा सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न सके श्रमिकका धेरै समस्या समाधान हुने बताए ।