२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँका खाल्डाखुल्डी तत्काल पुर्न सडक एम्बुलेन्स र मोबाइल एप सञ्चालनमा

अ+ अ-

काठमाडौँ। काठमाडौँका सडकमा देखिएका खाल्डाखुल्डी तत्काल पुर्ने उद्देश्यले सडक डिभिजन कार्यालय काठमाडौँले ‘सडक मर्मत एम्बुलेन्स’ र मोबाइल एप सञ्चालनमा ल्याएको छ। नेपालमै पहिलो पटक सुरु गरिएको यो सेवा सामरिक महत्त्वका सडकहरूमा तत्काल मर्मत गर्न प्रयोग हुनेछ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री समेत रहेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले बिहीबार औपचारिक रूपमा सडक एम्बुलेन्सको शुभारम्भ गरेका छन् । कार्यक्रममा उनले यो सेवा नमुना प्रकृतिको भएको बताउँदै आगामी दिनमा देशका अन्य मुख्य शहरमा पनि विस्तार गरिने जानकारी दिए । 

“विकसित देशहरूमा जस्तै अत्याधुनिक प्रविधि प्रयोग गरेर सडक मर्मतलाई छिटो, प्रभावकारी र पारदर्शी बनाउनुपर्छ,” मन्त्री घिसिङले भने।

सडकमा खाल्डो देखिएमा सर्वसाधारणले मोबाइल एपमार्फत तत्काल फोटो खिचेर अपलोड गर्न सक्नेछन्। मर्मत पूरा भएपछि त्यसको अद्यावधिक विवरण पनि एपमै हेर्न सकिने व्यवस्था गरिएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा र सडक विभागका महानिर्देशक विजय जैशीले सडक एम्बुलेन्सले जनगुनासो तत्काल सम्बोधन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। 

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले यो सेवाले मर्मत प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउने बताए । 

सडक डिभिजन काठमाडौँका प्रमुख सुबोधकुमार देवकोटाका अनुसार एम्बुलेन्समा तालिमप्राप्त प्राविधिक टोली रहनेछ र वर्षको ३६५ दिन नै २४ सै घण्टा तयारी अवस्थामा रहनेछ। एम्बुलेन्समा चेतावनी बत्ती र ट्राफिक व्यवस्थापनका सामग्रीसमेत जडान गरिएको छ, जसले भिडभाडको समयमा पनि आकस्मिक मर्मत गर्न सकिने उहाँको भनाइ छ।

यो सेवाले काठमाडौँका मुख्य सडकमा हुने सवारी जाम र दुर्घटनाको जोखिम घटाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।