२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रथम चौमासिकमा लक्ष्यको ८१.७ प्रतिशत मात्र राजस्व संकलन

अ+ अ-

काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक (साउन-कात्तिक) मा लक्ष्यको ८१.७ प्रतिशत मात्र राजस्व संकलन भएको छ ।

भन्सार विभागका अनुसार पहिलो चौमासिकमध्ये सबैभन्दा कम राजस्व कात्तिक महिनामा संकलन भएको छ । यसले समग्र राजस्व संकलन प्रभावित भएको देखिएको छ।

विभागका अनुसार कात्तिकमा सरकारले भन्सार राजस्व ५० अर्ब ५२ करोड संकलन गर्ने लक्ष्य राखेको थियो । तर, संकलन भने ३६ अर्ब ७० करोड रुपैयाँ मात्र भएको छ । जुन लक्ष्यको ७२.६ प्रतिशत हो ।

कात्तिकसम्म कुल लक्ष्य १ खर्ब ९४ अर्ब २८ करोड बराबर थियो । संकलन १ खर्ब ५८ अर्ब ७६ करोड बराबर भएको छ । यो लक्ष्यको ८१।७ प्रतिशत हो । यस वर्ष कुनै महिनामा भन्सार राजस्व लक्ष्यको ९० प्रतिशतभन्दा माथि उठेको छैन ।

सरकारले साउनमा ४५ अर्ब ७१ करोड भन्सार राजस्व उठाउने लक्ष्य राखेकोमा ३७ अर्ब ९ करोड मात्र संकलन भयो । भदौमा ४८ अर्ब ५० करोडको लक्ष्य रहेकोमा ४१ अर्ब ६ करोड मात्र संकलन भएको तथ्यांक छ ।

असोजमा ४९ अर्ब ५५ करोड उठाउने लक्ष्य राखिएकोमा ४३ अर्ब ९१ करोड मात्र संकलन भएको छ । अघिल्लो आवसँग तुलना गर्दा यस वर्ष साउनमा ६।९ प्रतिशत बढी राजस्व उठेको छ ।

भदौमा ३.७, असोज १३.१ र कात्तिकमा ८.३ प्रतिशत बढी राजस्व उठेको तथ्यांक विभागसँग छ । यस वर्ष आयात र निर्यात दुवैमा सकारात्मक वृद्धिदर देखिन्छ ।