१४ कार्तिक २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

किसानको गुनासोपछि गृहमन्त्री गुरुङको आश्वासन : ज्यामिरेघाटमा पक्की पुल निर्माण प्रक्रिया अघि बढ्यो

अ अ+ अ-

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले गोरखाको गण्डकी गाउँपालिकास्थित ज्यामिरेघाटमा पक्की पुल निर्माणको प्रक्रिया अघि बढिसकेको बताएका छन्। पुलको अभावमा कृषि उत्पादन बजारसम्म पुर्‍याउन कठिन भएको स्थानीय किसानको गुनासोपछि उनले निर्माण प्रक्रिया अघि बढेको जानकारी दिएका हुन्।

मतदाता भेटघाटका क्रममा गण्डकी गाउँपालिका पुगेका गुरुङसँग स्थानीयले सडक तथा पुलको पर्याप्त सुविधा नहुँदा कृषि उपजको ढुवानी र बजारीकरणमा समस्या भइरहेको बताएका थिए।

किसानहरूले उत्पादन गरेको तरकारी समयमै बजारसम्म पुर्‍याउन नसक्दा उचित मूल्य पाउन कठिन भएको गुनासो गरेका छन्। यातायातको सहज पहुँच नहुँदा कतिपय अवस्थामा बिक्री हुन नसकेको तरकारी बारीमै कुहिने गरेको उनीहरूको भनाइ थियो।

स्थानीयका अनुसार पुलको अभावले कृषि उपजको ढुवानीमा मात्र नभई दैनिक आवागमन र अन्य आर्थिक गतिविधिमा समेत समस्या सिर्जना गरेको छ।

किसानका समस्या सुनेपछि गृहमन्त्री गुरुङले ज्यामिरेघाटमा पक्की पुल निर्माणको प्रक्रिया अघि बढिसकेको जानकारी गराउँदै काम अघि बढेपछि स्थानीयले भोग्दै आएको समस्या समाधान हुने विश्वास व्यक्त गरे।

पुल निर्माण भएपछि गण्डकी गाउँपालिकाका किसानलाई तरकारी तथा अन्य कृषि उत्पादन बजारसम्म पुर्‍याउन सहज हुने अपेक्षा गरिएको छ। यसबाट कृषि उपजको ढुवानीमा हुने कठिनाइ कम हुनुका साथै स्थानीयको दैनिक आवतजावतमा समेत सुधार आउने विश्वास गरिएको छ।

यद्यपि, पुल निर्माणको प्रक्रिया कुन चरणमा पुगेको छ, बजेट कति विनियोजन भएको छ र निर्माण कहिलेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ भन्नेबारे विस्तृत विवरण सार्वजनिक भएको छैन।

लामो समयदेखि यातायातको समस्या भोग्दै आएका स्थानीयले पुल निर्माणको प्रतिबद्धता कार्यान्वयनमा आउने अपेक्षा गरेका छन्।

0 Comments