२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भीम रावलको दाबी : ‘मिसन ०८४ होइन, पतन ०८४ आउँदै छ भनेर ओलीलाई भनेको थिएँ’

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि नै मिसन ०८४ नभई पतन ०८४ आउँछ भनेर आफूले भनेको बताएका छन् ।

शुक्रबार सुदूरपश्चिमको धनगढीमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्ने क्रममा रावलले यस्तो बताएका हुन् ।

‘मैले त्यही बेलामा भनेको थिएँ, मिसन ०८४ होइन पतन ०८४ आउँदै छ भनेको थिएँ,’ रावलले भने ।

उनले जेन जेड आन्दोलनमा जलेका संरचनाको खरानी धसेर ओलीले जनतालाई तर्साउन थालेको आरोप समेत लगाए ।

‘आज केपी ओलीजी खरानी धसेर जनतालाई तर्साउन खोज्दै हुनुहुन्छ,’ रावलले भने ।

उनले अब सुदूरपश्चिमका जनता राष्ट्रिय स्वाधीनताको झण्डा बोकेर उत्रने पनि विश्वास व्यक्त गरे ।

‘आउने निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी जनताको ताजा जनादेश लिन तयार छ । विगतका कुनै पनि गल्ती त्रुटिलाई दोहोरिन नदिई निर्वाचन सम्पन्न गराउन तयार छ,’ उनले भने ।

साथै उनले सुदूरपश्चिमबाटै नेकपा एक नम्बर दल बन्ने दाबी समेत गरे ।

‘नेपाली कम्युनिस्ट पार्टी सुदूरपश्चिमबाट एक नम्बरमा आयो आयो भन्ने सन्देश अहिलेको सभाले दिएको छ । चुनावमा समेत हामी एकजुट भएर सबै जाती, भाषा, धर्म क्षेत्रका जनता एकजुट हुनेछौँ,’ रावलले भनेका छन् ।