२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘आगामी चुनावबाट असल प्रतिनिधि संसदमा पठाउनुपर्छ’ : प्रधानमन्त्री कार्की

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी चुनावबाट असल प्रतिनिधि संसदमा पठाउनुपर्ने धारणा राखेकी छन् । ।

नेपाल परिवार दलको प्रतिनिधिमण्डलसँग आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटवार्ताका क्रममा उनले चुनावमा हुने अनावश्यक खर्च र अनुचित तवरले मतदाता प्रभावित पार्ने प्रवृत्ति रोक्नुपर्ने धारणा राखेकी हुन्।

‘तपाईँहरू चुनावको तयारीमा जुट्नुभएको छ। यो खुसीको कुरा हो। सँगसँगै यो चुनाव विगतभन्दा फरक हुनुपर्छ। कम खर्चमा हुनुपर्छ। प्रचारप्रसारमा तडकभडक हुनुहुँदैन। उम्मेदवारको पैसा खर्च नहुने गरी प्रचारको शैली परिवर्तन गर्नुपर्छ। अनि सदनमा पनि राम्रा मान्छे पुग्छन्। तपाईँहरू पनि सदनमा असल मान्छे पठाउनुहोस्। सदनमा राम्रा मान्छे पुग्नुपर्छ।’

प्रतिनिधिमण्डलका तर्फबाट परिवार दलका अध्यक्ष एकनाथ ढकालले यो सरकार गठन भएपछि तत्कालै आफ्नो पार्टीले स्वागत गरेको र गुणदोषका आधारमा आलोचना वा समर्थन गर्ने बताए। उनले निर्वाचन प्रयोजनका लागि आफूले दल दर्ता गरिसकेको पनि जानकारी गराउँदै निर्वाचनको वातावरण बनाउन प्रधानमन्त्रीले गरिरहेको प्रयास प्रसंशनीय रहेको बताए।

‘यहाँले जुन परिस्थितिमा जिम्मेवारी लिनुभयो, त्यो स्वागतयोग्य छ। हामीले दलका तर्फबाट तत्कालै स्वागत गर्ने निर्णय पनि गरेका थियौँ। अहिले निर्वाचनको वातावरण बनाउन खटिइरहनुपर्छ। सबै दल पनि अब निर्वाचनकै तयारीमा जुट्नुपर्छ। हामी यसैका निम्ति लागिरहेका छौँ। निर्वाचनको वातावरण बनाउनका लागि प्रमुख दलको नेतृत्वसँग पनि संवाद गर्नुहोस् भन्ने हाम्रो सुझो छ।’