२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले अन्तरपार्टी लोकतन्त्रको च्याम्पियन भएको विष्णु पौडेलको दाबी

अ+ अ-

काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफ्नो पार्टी अन्तरपार्टी लोकतन्त्रको च्याम्पियन भएको दाबी गरेका छन्। प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा बोल्दै एमालेलाई अधिनायकवादी र निरङ्कुश छ भन्ने गलत प्रचार भइरहेको बताए।

उनले भने, ‘पार्टीभित्रको लोकतन्त्रको बारेमा अरूले एमालेमाथि प्रश्न उठाउनु उचित लाग्दैन। हामी लोकतन्त्रको अभ्यास गर्दै आइरहेको छौँ। अहिले हामी नेतृत्व निर्माण गर्ने महाधिवेशनमा छौँ। नीतिको महाधिवेशन गरिसक्यौँ।’

उनले विकसित राजनीतिक घटनाक्रमबारे पनि पर्याप्त छलफल गरिसकेको भन्दै अध्यक्षले प्रस्तुत गर्ने बताए। उनले थपे, ‘अध्यक्षले बोल्न दिन्न भन्नुभयो, मात्रै बोल्छु भन्नुभयो भन्ने खालको कुराको सान्दर्भिकता छैन।’

उनले आगामी महाधिवेशनमा आफू कुन पदमा रहन्छु भन्ने कुरालाई महत्त्वहीन ठानेको बताए। आफ्नो जस्तो क्षमता भएको पार्टीमा हजारौँ नेताहरू रहेको भन्दै आफू जुनसुकै ठाउँमा रहेर पनि काम गर्न तयार रहेको बताए।

उनले भने, ‘मैले कुनै जिम्मेवारीका लागि कुनै इच्छा व्यक्त गरेको छैन। मेरो ट्याक रेकर्ड हेर्दा हुन्छ। मलाई यो चिज चाहियो भनेको छैन। त्यसैले भन्छु, म पार्टी र आन्दोलनको चिन्ता गर्छु आफ्नो बारेमा गर्दिनँ। मलाई किङमेकर भनेर तपाईँहरूले बोक्न नसक्ने तक्मा दिनुभयो। मलाई किङमेकरको रूपमा पनि नबुझ्दिनुस्।’

उनले पार्टीभित्र समस्या भए त्यसको समाधान गर्नको लागि काम गर्ने आफ्नो स्वभाव रहेको बताए। अहिले एमालेभित्र कुनै संकट नरहेको बताए। पार्टीभित्र अहिले दुई ध्रुव रहेको भन्दै चर्चा भइरहे पनि २९ गतेसम्म नरहने दाबी गरे। ११ औँ महाधिवेशन सर्वसम्मत रूपमा टुंगीने उनको भनाइ छ।