२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विष्णु पौडेलले भने ‘अध्यक्ष र महासचिवको उम्मेदवार बन्दिनँ, वरिष्ठ उपाध्यक्ष पद विधानमै छैन’

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आसन्न महाधिवेशनमा आफ्नो उम्मेदवारीबारे अहिले बोल्ने कुरा राम्रो नहुने बताएका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् ।

महासचिवको पद आफूले दसौँ महाधिवेशनमा नै छाडिसकेको र अध्यक्षमा केपी शर्मा ओलीलाई नै समर्थन गरिरहेको उनको प्रस्टोक्ति छ ।

‘म महासचिवको उम्मेदवार होइन । म शक्तिशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीको महासचिव भएर काम गरेको हुँ । मैले दसौँ महाधिवेशनमा नै छाडिसकेको छु । म महासचिवको उम्मेदवार होइन,’ पौडेलले थप प्रष्ट पार्दै भने, ‘वरिष्ठ उपाध्यक्षको व्यवस्था विधानमै छैन । एघारौँ महाधिवेशनमा उम्मेदवारी त हुन्छ । तर अध्यक्षबाहेकमा हुन्छ । अध्यक्षमा केपी शर्मा ओलीलाई समर्थन गरिरहेको छु । महासचिव दसौँ महाधिवेशनमा नै छाडिसकेको छु ।’

साथै, अध्यक्ष केपी शर्मा ओलीकै वरिपरि गोलबन्द भएर पार्टीलाई एक बनाएर अघि बढ्ने कुरामा नमान्नुपर्ने कुनै कारण रहेको उनको भनाइ थियो ।

‘अनेक प्रकारको हण्डर, ठक्कर आरोह अवरोहको सामना गर्दै पार्टीलाई, आन्दोलनलाई, मुलुकलाई नेतृत्व गर्दै आउनु भएका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको वरिपरि गोलबन्द भएर पार्टीलाई एकताबद्ध गरेर लिएर जाउँ भनेर भन्दाखेरी नमान्नुपर्ने पनि म कुनै त्यस्तो देख्दिनँ । यो सम्भव छैन भन्ने पनि मलाई लाग्दैनन्,’ पौडेलले भने ।

पौडेलले अध्यक्ष ओलीलाई नै अध्यक्ष बनाउनुपर्ने कुरामा पार्टीभित्र विमति हुनुपर्ने कुनै कारण नरहेको उनको भनाइ छ ।

उपाध्यक्ष पौडेलले पाँचौँ राष्ट्रिय महाधिवेशनमा मदन भण्डारी विरुद्ध दिइएको उम्मेदवारी अन्तिम समयमा आएर फिर्ता भएको जस्तै आसन्न महाधिवेशनमा पनि सोही बाटोबाट एमालेले नेतृत्व चयन गर्ने विश्वास समेत व्यक्त गरे ।

उनले महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धामा जाने वैधानिक बाटोलाई पनि खुला राखेको बताए ।