२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेसमा नयाँ सरकार गठन गर्न जुटेन सहमति, बैठक निष्कर्षविहीन

अ+ अ-

काठमाडौँ । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको बैठक बिना निष्कर्ष टुंगीएको छ । नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दुवैले मधेस प्रदेशमा सरकारको नेतृत्वमा दाबी नछाडेपछि सात राजनीतिक दलबीच सहमति कायम हुन नसकेको हो ।

नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको बैठक बसे पनि सहमति जुट्न नसकेको हो ।

जनकपुधामस्थित प्रदेशसभा सचिवालयमा भएको बैठकमा सात दलका नेता तथा प्रदेश सभा सदस्यहरूको उपस्थित रहेको लोसापाका सांसद उपेन्द्र महतोले जानकारी दिए । 

मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र सोनल मुख्य दाबेदार देखिएका छ । यादव र सोनल दुवैले विभिन्न दलहरूसँग संवाद पनि अघि बढाएका छन्।

मधेस प्रदेश कांग्रेस संसदीय दलका प्रमुख सचेतक कुँवरकान्त झाले अन्य सबै दलले सरकारको नेतृत्व सम्हालिसकेकाले अब काँग्रेसको दाबी स्वाभाविक भएको बताए । “प्रदेश प्रमुखले आह्वान गर्नुभएपछि अब सातै दल बसेर नेतृत्वको विषयमा टुङ्गोमा पुग्ने छौँ, काँग्रेसको नेतृत्वमा अब खासै विवाद नहोला,” झाले भने ।

लोसपाका सोनलले यसअघि माओवादी केन्द्र र जनमत पार्टीको चलखेलका कारण आफूले विश्वासको मत प्राप्त नगरेको भन्दै अब सबै मिलेर पुनः आफूलाई मौका दिनुपर्ने बताए । जसपा नेपालका मधेस प्रदेश प्रमुख सचेतक रामआशिष यादवले मुख्यमन्त्रीमा कसलाई समर्थन गर्ने भन्नेमा औपचारिक सहमति नभएको बताए । जसपाका प्रमुख सचेतक यादव पाँच वर्षमा पाँच जना मुख्यमन्त्री बनाउँदा धेरै नकारात्मक सन्देश जाने भएकाले अब सरकार बनाउँदा सात दल एक हुनुपर्ने धारणा राखेका छन्। 

लोसपाकी नेत्री एवं प्रदेश सभा सदस्य रानी शर्मा तिवारीले भने लोसपा नेतृत्वमा बनेको सरकारले विश्वासको मत पाउन नसकेर ढलेका कारण अहिलेको नयाँ कोर्स त्यहीँबाट सुरु हुनुपर्ने बताइन् ।

दलहरूबीच सहमति जुट्न नसक्दा बैठक बिना निष्कर्ष टुंगीएको जसपा नेपालका प्रमुख सचेतक रामआशिष यादवले जानकारी दिए । यादवले कांग्रेस र लोसपालाई छुट्टै बसेर सहमति गर्न समय दिएको बताए । उनले आजै अबेर राति भए पनि सात दलको बैठक बस्ने जानकारी दिए।

प्रदेश प्रमुख सुरेन्द्र लाभले संविधानको धारा, १६८ को २ बमोजिम शुक्रबार ५ बजेसम्म सरकारका लागि दाबी पेस गर्न समयसीमा निर्धारण गरेका छन् । प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेशसभा बैठकमा राजीनामा दिएका थिए ।