२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्रान्स फ्याटको उच्च मात्रा भेटिएसँगै खजुरीको नेपालका ‘पफ’ तत्काल बजारबाट फिर्ता गर्न आदेश

अ+ अ-

काठमाडौँ । खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागले ललितपुरको खजुरीको नेपाल प्रा.लि.ले उत्पादन गरेका दुई फरक ब्याचका ‘पफ’मा हानिकारक ट्रान्स फ्याट दुई प्रतिशतभन्दा बढी भेटिएपछि ती उत्पादन तत्काल बजारबाट फिर्ता गर्न आदेश जारी गरेको छ।

विभागले शुक्रबार खजुरीको उत्पादन गरेका पफमा प्रयोग भएको चिल्लोमा ट्रान्स फ्याटको मात्रा खाद्य ऐनले तोकेको २ प्रतिशतको सीमाभन्दा बढी पाइएकाले उपभोगका लागि असुरक्षित रहेको ठहर गरेको हो।

यससँगै विभागले ब्याच नम्बर बीआई–३ए (उत्पादन मिति २८ अक्टोबर २०२५, म्याद सकिने मिति २८ जनवरी २०२६) र ब्याच नम्बर बीआई–५ए (उत्पादन मिति २७ नोभेम्बर २०२५, म्याद सकिने मिति २७ फेब्रुअरी २०२६) तोकिएका सबै खाद्य पदार्थहरू बजारबाट तत्काल फिर्ता गरी बिक्री–वितरण नगर्न निर्देशन दिएको छ। साथै सो विवरण सात दिनभित्र विभागमा पेश गर्न पनि उद्योगलाई आदेश दिएको छ । 

विभागले खुद्रा पसल, होलसेलर र उपभोक्तालाई समेत यी ब्याचका पफ नकिन्न र प्रयोग नगर्न आग्रह गरेको छ। 

ट्रान्स फ्याटको उच्च मात्राले मुटु रोग, स्ट्रोक र मधुमेहको जोखिम बढाउने विश्व स्वास्थ्य सङ्गठनको चेतावनीलाई आधार बनाउँदै नेपालले २०७८ देखि खाद्य पदार्थमा ट्रान्स फ्याटको मापदण्ड २ प्रतिशतभन्दा कम हुनुपर्ने बाध्यकारी व्यवस्था लागू गरेको छ।

विभागले खजुरीको नेपाल प्रा.लि.माथि थप अनुसन्धान सुरु गरेको र नियम उल्लङ्घनको गम्भीरता हेरी जरिवाना लगायत कडा कारबाही हुन सक्ने जनाएको छ।

तरकारी तथा फलफूलमा विषादीको मात्रा परीक्षणमा आक्रामक बन्दै आएको विभागले आम उपभोक्ताले दैनिक जसो उपभोग गर्ने अन्य बस्तुहरूको गुणस्तर परीक्षणमा पनि तीव्रता दिएको छ ।