काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार तथा अनियमितताको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच जना पूर्व मन्त्री र दश जना पूर्व सचिवसहित कुल ५५ जनाविरुद्ध करिब ८ अर्ब रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ ।
अख्तियारको टोली आइतबार नै अभियोग पत्रसहित विशेष अदालत पुगिसकेको छ । मुद्दाको विस्तृत मिसिल दर्ता प्रक्रिया अन्तिम चरणमा रहेको प्रशासन विशेष स्रोतले जानकारी दिएको छ ।
यो मुद्दा पोखरा विमानस्थल निर्माणमा भएको ठेक्का प्रक्रिया, लागत अनियमितता र नीतिगत भ्रष्टाचारसँग सम्बन्धित रहेको बताइएको छ ।
थप विवरण आउन बाँकी छ…







