काठमाडौँ । १० वटा पालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४० जना शाखा अधिकृत स्तरका कर्मचारीहरूको सरुवा गरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित अन्य निकायमा कार्यरत शाखा अधिकृत, विद्यालय निरीक्षक, मालपोत अधिकृत, वन अधिकृत, नापी अधिकृत तथा कम्प्युटर अधिकृतहरूको सरुवा गरेको हो ।
आजै मात्र तीन प्रमुख प्रशासकीय अधिकृतसहित सात जना उपसचिवको समेत सरुवा भएको छ ।












