२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिनिधि सभा चुनावमा उम्मेदवार नबन्ने पूर्वमन्त्री अधिकारीको घोषणा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस धादिङका सभापति रामनाथ अधिकारीले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।

धादिङ क्षेत्र नम्बर-२ क्षेत्रीय कार्यसमितिको मंगलबार बसेको बैठकमा उनले २१ फागुनका लागि हुने निर्वाचनका लागि आफ्नो दाबी नरहने घोषणा गरेका हुन् ।

अघिल्लो सरकारमा कृषि तथा पशुपन्छी विकासमन्त्री रहेका नेता अधिकारीले आफूले उम्मेदवारीमा दाबी नगरेको प्रतिक्रिया दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा राखिएको एक भिडियोमा अधिकारीले भनेका छन्, ‘अनेक सन्दर्भ उठेका छन् । सन्दर्भलाई ध्यानमा राखेर यो उम्मेदवारीबाट बाहिरै रहने प्रण मैले गरेको छु ।’

उनले उम्मेदवारीका लागि आफ्नो दाबी नरहे पनि पार्टीलाई निर्वाचनमा जिताउने जिम्मेवारी भने रहेको बताएका छन् ।

पूर्वमन्त्री अधिकारीले गत निर्वाचनमा आफ्ना लागि मत माग्न गाउँ-गाउँ पुगेको स्मरण गर्दै आशन्न निर्वाचनमा पनि मत माग्न गाउँ–गाउँ पुग्ने इच्छा रहेको बताए ।

जिल्ला सभापति अधिकारीले अहिले आन्तरिक विवाद गर्ने समय नभएको जिकिर गर्दै बैठकमा सकेसम्म एकमात्र उम्मेदवारको नाम सिफारिस गर्नुपर्नेमा पनि जोड दिएका छन् ।

२१ फागुनका लागि तय भएको निर्वाचनमा काँग्रेस पराजित भए प्रजातन्त्र खतरामा पर्ने उनको भनाइ थियो ।