काठमाडौँ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेन जेड आन्दोलनपछि बालुवाटारबाट भागेको आरोप अस्वीकार गरेका छन् ।
आफू भागेको नभई मुकाम परिवर्तन मात्रै गरेको उनको भनाइ छ । आज सम्पादकहरूसँगको अन्तरक्रियामा ओलीले यस सम्बन्धमा लामो स्पष्टीकरण दिए ।
सुरुमा उनले पाण्डवहरूको उदाहरण दिएर भाग्नु पनि कहिलेकाहीँ बुद्धिमत्तापूर्ण हुने तर्क गरेका छन् । पछि फेरि आफू कतै नभागेको जिकिर गरेका छन् ।







