२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गुटेर्रेसद्वारा इराकमा संयुक्त राष्ट्रसंघको मिसन समापनको घोषणा

अ+ अ-

एएफपी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले इराकमा संयुक्त राष्ट्रसंघको राजनीतिक मिसन अन्त्य भएको घोषणा गरेका छन् ।  

बग्दादको अनुरोधमा इराकका लागि संयुक्त राष्ट्रसंघ सहायता मिशन (युएनएएमआई) ले सन् २००३ को आक्रमण र कब्जापछि देशको सङ्क्रमणकालमा सहयोग गरेको २२ वर्षपछि आफ्नो अभियान बन्द गर्नेछ ।

मिसनको समापन समारोहमा गुटेर्रेसले भने, “इराकी जनतासँग काँधमा काँध मिलाएर हिँड्न पाएकोमा युएनएएमआई आभार व्यक्त गर्दछ ।” उनले भने, “मिसन टुङ्गिए पनि संयुक्त राष्ट्रसंघ इराकका जनतासँगै शान्ति, दिगो विकास र मानव अधिकारको मार्गमा अघि बढ्नेछ ।”

इराकमा संयुक्त राष्ट्रसंघका संघसंस्था र कार्यक्रमहरू जारी रहनेछन् । यसअघि इराकका प्रधानमन्त्री मोहम्मद सिया अल–सुडानीसँगको पत्रकार सम्मेलनमा महासचिव गुटेर्रेसले भने, “विश्वले बुझ्नै पर्ने एउटा कुरा छ, इराक अब सामान्य देश बनेको छ ।”

उनले भने, “युएनएएमआईको अन्त्यसँगै संयुक्त राष्ट्रसंघ र इराकबीचको सम्बन्ध सामान्य बन्नेछ ।” यसैबीच, सुडानीले भने, “युएनएएमआई सहयोगको अन्त्य ‘सहयोगको नयाँ अध्याय’को सुरुवात हो ।”

उनले भने, “संयुक्त राष्ट्रसंघसँगको हाम्रो सम्बन्ध इराकको आवश्यकता पूरा गर्न र पूर्ण आत्मनिर्भरताको चरणमा नपुगुञ्जेल सहयोग गर्न निर्णायक र प्रभावकारी थियो। चार वर्षपछि विस्तार हुनुअघि इराकी सरकारको अनुरोधमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्तावद्वारा युएनएएमआईको स्थापना गरिएको थियो।

सन् २००३ को अगस्ट १९ मा संयुक्त राष्ट्रसंघको मुख्यालयमा ट्रक बम विस्फोट हुँदा इराकका लागि संयुक्त राष्ट्रसंघका पहिलो विशेष प्रतिनिधि सर्जियो भिएरा डे मेलोसहित २१ जनाको मृत्यु भएको थियो ।

युएनएएमआईको कार्यहरूमा सरकारलाई राजनीतिक संवाद र मेलमिलापमा सल्लाह दिनु, साथै चुनाव र सुरक्षा क्षेत्र सुधारमा सहयोग गर्नु रहेको थियो।