२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मदिरा नियन्त्रणमा दीर्घकालीन रणनीति बनाउनु पर्नेमा  विज्ञहरूको जोड 

अ+ अ-

काठमाडौँ । नेपालमा बढ्दो मदिरा प्रयोगसँगै यसले पुर्‍याउने स्वास्थ्य तथा सामाजिक असर न्यूनीकरणमा दीर्घकालीन रणनीति आवश्यक रहेकामा सरोकार भएका तथा विज्ञहरूले जोड दिएका छन् ।

नेपाल मदिरा नीति सञ्जाल (नापा)को आयोजना तथा राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको समन्वयमा ‘नेपालमा मदिरा प्रयोगको अवस्था: नीतिगत चुनौती, लत तथा मानसिक स्वास्थ्य’ विषयक छलफल कार्यक्रममा सहभागीहरूले मदिराजन्य पदार्थ नियन्त्रणका लागि दीर्घकालीन रणनीति आवश्यक पर्ने बताएका हुन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले मदिरा नियन्त्रण तुरुन्त नतिजा खोज्ने विषय नभई दीर्घकालीन रूपमा अघि बढ्नुपर्ने बताए । उनले मदिराजन्य पदार्थको सेवन नियन्त्रण गर्दै भावी पुस्ताको भविष्य सुनिश्चित गर्नका लागि व्यक्ति, परिवार, समाज र राज्य सबैको साझा जिम्मेवारी रहेको उल्लेख गरे । 

प्रयोग घटाउने उद्देश्यले कर बढाउने प्रस्तावमा पनि गृहकार्य भइरहेको डा देवकोटाले जानकारी दिए । मदिरा सेवन कम गराउन जनचेतना अभिवृद्धि महत्त्वपूर्ण हुने भन्दै नीतिगत सुधार र दीर्घकालीन समाधानतर्फ चरणबद्ध रूपमा अघि बढ्न सबैको प्रतिबद्धता आवश्यक पर्ने उनले स्पष्ट पारेका छन्।

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रकी निर्देशक डा. राधिका थपलियाले आगामी पुस्तालाई मदिरा सेवन गर्नबाट रोक्न सकिए प्रभावकारी हुने बताइन् । उनले यसका लागि विद्यालय स्तरमै किशोर किशोरी लक्षित जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याइन्। मदिराजन्य पदार्थप्रति सामाजिक धारणा परिवर्तन गर्दै नियन्त्रणको सुरुआत आफैँबाट हुनुपर्ने उनको धारणा छ ।

केन्द्रका वरिष्ठ जनस्वास्थ्य प्रशासक उपेन्द्र ढुंगानाले मदिरा सेवनको कुनै सुरक्षित मात्रा नहुने बताउँदै यसले स्वास्थ्यमा तत्कालीन तथा दीर्घकालीन असर पार्ने भएकाले मृत्युदर बढाउँदै गएको जानकारी दिए। मदिरा नियन्त्रणसम्बन्धी एकीकृत ऐन निर्माणका लागि अवधारणा पत्र तयार भइसकेको जनाउँदै उनले यसमा थप गृहकार्य र छलफल भइरहेको बताए ।

मनोचिकित्सक डा. जस्मिन माले मदिराजन्य पदार्थले बालबालिका तथा किशोर किशोरीको मानसिक स्वास्थ्यमा गम्भीर असर पार्ने भन्दै सानै उमेरमा सेवन गर्दा कुलत, हिंसा, एञ्जाइटी र डिप्रेसनजस्ता समस्या बढ्ने जोखिम रहेको उल्लेख गरिन् । यसबाट जोगाउन विद्यालय स्तरमै विशेष कार्यक्रम आवश्यक रहेको उनको भनाइ छ ।