काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि केपी शर्मा ओली समूहले पनि पदाधिकारीको नाम करिब टुंगो लगाएको छ ।
अध्यक्ष पदमा केपी शर्मा ओली स्वयं उम्मेदवार रहने निश्चित भएको छ भने महासचिव पदमा शंकर पोखरेल दोहोरिने भएका छन् ।
उपाध्यक्ष पदका लागि विष्णुप्रसाद पौडेल, रामबहादुर थापा ‘बादल’, गुरु बराल र पृथ्वी सुब्बा गुरुङको नाम टुंगो लगाएको छ । यस्तै ओली समूहले प्रदीप ज्ञवालीलाई पनि उपाध्यक्षको सूचीमा राखे पनि उनको नाम भने अन्तिम रूपमा टुंगो लाग्न बाँकी रहेको छ । यस विषयमा ओली र ज्ञवालीबीच छलफल जारी रहेको बताइएको छ ।
उपमहासचिव पदका लागि विष्णु रिमाल, भानुभक्त ढकाल र रघुबिर महासेठको नाम फाइनल भएको छ ।
यसैगरी नौ जना सचिव पदका लागि शेरधन राई, हिक्मत कार्की, राजन भट्टराई, महेश बस्नेत, खगराज अधिकारी, पद्मा अर्याल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र लेखराज भट्टको नाम टुंगो लागेको छ ।
महाधिवेशन अन्तर्गत आज सोमबार उम्मेदवारी दर्ता र भोलि मंगलबार मतदान हुनेछ ।







