काठमाडौँ । सरकारले सशस्त्र प्रहरी बल, नेपालका तीन जना अतिरिक्त महानिरीक्षक (एआइजी) हरुको सरुवा गरेको छ।
हिजो बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेल, बंशीराज दाहाल र गणेशबहादुर ठाडामगरको सरुवा गरेको हो ।
जसअनुसार एआईजी पौडेलको मानव स्रोत विभागमा सरुवा गरिएको छ । मानव स्रोतमा रहेका दाहालको सीमा सुरक्षा विभागमा सरुवा गरिएको छ । भने सीमा सुरक्षामा रहेका अर्का एआईजी ठाडामगरको कार्य विभागमा सरुवा गरिएको छ ।







