काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगर विकास समितिका तत्कालीन अध्यक्ष र केही कर्मचारीविरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
मंगलवार आयोगले टिकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्र प्रसाद जोशी र केही कर्मचारीविरुद्धको मुद्दा सर्वोच्चमा पुनरावेदन गरेको हो ।
नगर विकास समितिका तत्कालीन अध्यक्ष र कर्मचारीसहित अन्य प्रतिवादीहरूले गैर कानुनी लाभ वा हानी पुर्याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिए ।








