२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ईश्वर पोखरेलले भने : ‘प्रतिस्पर्धालाई तिक्तताको रूपमा लिनुहुन्न, विचार संगठनको मामलामा एक छौँ’

अ+ अ-

काठमाडौँ । नेकपा एमालेको अध्यक्षका उम्मेदवार ईश्वर पोखरेलले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई अन्यथाको रूपमा लिन नहुने बताएका छन्।

महाधिवेशन स्थलमा प्रतिनिधिसँग भोट माग्न व्यस्त रहेका पोखरेलले सञ्चारकर्मीहरूसँग कुरा गर्दै लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गर्ने प्रक्रियामा सहभागी भएको बताए।

उनले भने, ‘यो महाधिवेशनमा लोकतान्त्रिक विधिद्वारा नेतृत्व चयन गर्ने जुन कुरा छ, साथीहरूले खुलाखुल्लस्त ढङ्गले त्यसलाई अपनाउनुभएको छ। यो चिज एकदम राम्रो छ।’

उनले प्रतिस्पर्धालाई तिक्तताको रूपमा लिन नहुने बताए।त्यसबारे उनले भने, ‘तिक्ततापूर्ण भन्दा पनि एउटा परिस्थिति जन्य कतिपय कुराहरू हुन्छन्। त्यो परिस्थिति जन्य त्यसबेला एउटा हाम्रो पार्टीलाई गम्भीर विभाजनको सङ्कटबाट बचाउनुपर्ने आवश्यकता थियो। त्यसबेला हामी एउटा सोचका साथ अगाडि बढ्नुपर्ने आवश्यकता थियो। अहिले हामी त्यो अवस्थामा छैनौँ।’

नेकपा एमालेभित्र विचार, संगठनको मामलामा सबै एक रहेको जिकिर गरेका छन्। उनले थपे, ‘कार्यसम्पादन गर्ने शैलीलाई थप व्यवस्थित गर्नुपर्छ, विचारलाई पनि हामी थप व्यवस्थित गर्नुपर्छ, सङ्गठनलाई थप व्यवस्थित गर्नुपर्छ भन्ने मान्यताको आधारमा हाम्रा साथीहरू उभिनुभएको छ। यसलाई अन्यथा पनि लिनुहुन्न।’