२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चार मन्त्रीको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । नयाँ पर्यटकीय गन्तव्य स्थलका रूपमा विकास भएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा रहेको अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तारका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई ज्ञापन पत्र बुझाइएको छ । 

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनको नेतृत्वमा गएको टोलीले पर्यटक तथा आरोहीको सहजताका लागि समुन्द्री सतहदेखि चार हजार १५० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा चौथो पुस्ताको इन्टरनेश सुविधासहितको मोबाइलको टावर स्थापनाको मागसहितको ज्ञापन पत्र बुझाएको हो । 

सञ्चार सुविधाको अभावमा समस्यामा परेका पदयात्री र आरोहीको उद्दारमा समस्या भएको अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरुङले बताए । 

हुमखोलासम्म मोबाइल फोन सेवा भए पनि आधार शिविर जाने आउने पदयात्री दुईदेखि तीन दिन पूर्ण रूपमा सञ्चार सम्पर्कबाट टाढा हुने गरेका छन् । टोलीसँग सञ्चार मन्त्री खरेलले अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तारका लागि प्रक्रिया अघि बढाउनका लागि नेपाल टेलिकमका इञ्जिनियर जीवराज उपाध्यायलाई जिम्मेवारी दिएको बताए ।

मन्त्री खरेलले म्याग्दीमा रहेका टेलिकमका सबै टावरको विवरण संकलन गरी सेवा विस्तार र क्षमता वृद्धिका लागि टेलिकमको नेतृत्वलाई निर्देशन दिए । गाउँपालिका अध्यक्ष पुन, अभियन्ता गुरुङ, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुवीन श्रेष्ठ, व्यवसायी किरण बानियाँ र नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमको टोलीले मंगलबार काठमाडौँमा सञ्चार मन्त्रीलाई ज्ञापन पत्र बुझाएर आज म्याग्दी फर्किएका छन् । 

सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथममा पहिलो मानव पाइला परेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथमको नर्थ आधार शिविर पुग्न नारच्याङ गाउँदेखि मौरिस हर्जोग पदमार्ग सञ्चालनमा रहेको छ । फ्रान्सेली हिमाल आरोही मौरिस हर्जोग र लुइस लचेनलले अन्नपूर्ण प्रथममा पहिलो आरोहण गरेर इतिहास रचेका थिए । 

उक्त आरोहण दलको नेतृत्व मौरिस हर्जोगले गरेका कारण नारच्याङदेखि नर्थ अन्नपूर्ण आधार शिविर पुग्ने पदमार्गको नाम ‘मौरिस हर्जोग’ नामकरण गरिएको छ । विद्युत् र टेलिकमको सुविधासँगै गाउँपालिकाले पदमार्ग क्षेत्रमा आवश्यक थप संरचनाका लागि पहल गर्ने जनाएको छ । 

नारच्याङदेखि ४२ किलोमिटरको दूरीमा रहेको नर्थ अन्नपूर्ण आधार शिविर पुग्नका लागि हुमखोलासम्मको २० किलोमिटर दूरीको बाटोमा सञ्चारको सुविधा भए पनि हुमखोलादेखि आधार शिविरसम्मको २२ किलोमिटर दूरीअन्तर्गत छोटेपा, हुमखोला, सन्धिखर्क, गुफाफाँट, भुसकेटमेला, धरमढुंगा र आधार शिविरमा सञ्चारविहीन हुँदा त्यस क्षेत्रको प्रचारप्रसारमा असर गरेको छ । असोज, कात्तिक, फागुनदेखि जेठसम्म अन्नपूर्ण बेसक्याम्पमा पर्यटकको घुइँचो लाग्छ ।