काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको चुनावको मतगणना जारी छ ।
जारी मतगणनामा सचिव पदमा सबैभन्दा धेरै मतान्तरसहित महेश बस्नेत अगाडि छन् । उनलाई अन्य उम्मेदवारले पछ्याइरहेका छन् । बस्नेतले ७८३ मत पाइसकेका छन् ।
एमालेका दुई हजार २६३ प्रतिनिधिमध्ये ३६ जनाबाहेकले मतदान गरेका थिए ।







