२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

च्यासलबाट मन्त्री खरेलको दाबी : ‘देश चुनावमा होमियो, एमालेले पनि भाग लिन्छ’

अ+ अ-

काठमाडौँ । नेकपा एमालेले चुनावी वातावरण तयार बनाउन सरकारलाई आग्रह गरेको छ ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पुगेको सरकारी टोलीलाई महासचिव शंकर पोखरेलले वातावरण तयार पारे एमाले चुनावमा जान तयार रहेको बताएका हुन् ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चार मन्त्री जगदीश खरेलका अनुसार, एमालेले स्पष्ट रूपमा वातावरण तयार पारेको खण्डमा आफूहरू चुनावमा जान तयार रहेको बताएको जानकारी गराए ।

‘सरकारको तर्फबाट सम्पूर्ण तयारी अघि बढाएको, निर्वाचनको वातावरण बनिरहेको परिप्रेक्ष्यमा नेकपा एमालेको तर्फबाट उहाँहरूले स्पष्ट भन्नुभएको छ– वातावरण बनाउनुस् हामी निर्वाचनमा भाग लिन्छौँ भन्ने कुरा नेकपा एमालेको महासचिवको तर्फबाट स्पष्ट आएको छ,’ भेटपछि सञ्चार मन्त्री खरेलले भने ।

सरकारी पक्षबाट स्वतन्त्र तरिकाबाट चुनाव गराउने वातावरण सरकारले बनाउने जानकारी आफूहरूले गराएको उनले बताए । साथै, अब मुलुक चुनावमा होमिएको पनि उनले बताए ।

‘सरकारको तर्फबाट स्वतन्त्र, धाँधलीरहित ढंगबाट चुनाव गराउन सरकारले वातावरण बनाउँछ । अब मुलुक चुनावमा होमियो, चुनावमा अघि बढ्यो,’ उनले भने ।

उनले चुनावमा भाग लिनेबारे एमालेले आज स्पष्ट रूपमा आफूहरूलाई जानकारी गराएको पनि बताएका छन् ।

‘तर सबैभन्दा पहिला चुनावमा भाग लिने स्पष्ट रूपमा खास गरी नेकपा एमालेबाट आएको छ । त्यसलाई सरकारले सकारात्मक रूपमा लिएको छ,’ खरेलले भने ।