काठमाडौँ। नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीको नवौँ केन्द्रीय कमिटीको चौथौँ विशेष बैठक काठमाडौँमा सुरु भएको छ । बुद्धनगर केहीबेर अघिबाट बैठक बसिरहेको प्रवक्ता खड्गबहादुर विश्वकर्माले बताएका छन् ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको आगामी रणनीति, फागुन २१ को चुनावलगायतको विषयमा छलफल केन्द्रित हुने जनाइएको छ ।
हिजो राष्ट्रपतिलाई ज्ञापन पत्र बुझाउँदै पार्टीले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार भंग गरी सर्वपक्षीय सरकार बनाउन माग गरेको थियो ।







