२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘दुई महिनामा मानसिक स्वास्थ्य र स्वास्थ्य बीमा सुधारमा उल्लेख प्रगति भएको छ’ : स्वास्थ्य मन्त्री गौतम 

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा.सुधा गौतमले आफू मन्त्री भएपछिको दुई महिनामा मानसिक स्वास्थ्य, स्वास्थ्य बीमा सुधार, औषधि व्यवस्थापन तथा मातृ तथा नवजात शिशु स्वास्थ्यजस्ता क्षेत्रहरूमा महत्त्वपूर्ण नीतिगत र कार्यक्रमगत उपलब्धि हासिल भएको बताएकी छिन् । 

स्वास्थ्य मन्त्रालयबाट दुई महिनामा भएका उपलब्धिहरू आज सार्वजनिक गर्दै उनले सुशासन, संस्थागत सुदृढीकरण र सेवाको पहुँच विस्तारलाई प्राथमिकता दिँदै अघि बढाइएका रणनीतिक कदमहरूले नेपालको स्वास्थ्य प्रणालीमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरिन् । 

मन्त्री गौतमले विभिन्न नीतिगत निर्णय तथा अनुगमन र निरीक्षणका गतिविधि सार्वजनिक गरेकी छन्। उनले स्वास्थ्य क्षेत्रमा सुशासन, सेवा गुणस्तर र पहुँच सुधारमा ठोस आधार तयार गरेको उल्लेख गरेकी छन् । डा.गौतमले कात्तिक ९ गते स्वास्थ्य मन्त्रीको पदभार ग्रहण गरेकी थिइन् । 

उनका अनुसार स्वास्थ्य बिमासम्बन्धी विद्यमान समस्या र चुनौती पहिचान गर्न विज्ञसहितको समिति गठन गरिनुकासाथै स्वास्थ्य बिमा बोर्डको स्थायी दरबन्दीका लागि मन्त्रिपरिषद्बाट सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) लागि पूर्वस्वीकृति प्राप्त भइ कार्य प्रारम्भ हुनुका साथै स्वास्थ्य बिमाबापत अस्पताललाई भुक्तानी हुन बाँकी रकम निकासका लागि अर्थ मन्त्रालय पठाइएको छ ।

आज सार्वजनिक गरिएको उपलब्धि विवरणहरूमा औषधि उत्पादन, आयात, वितरण र मूल्य नियन्त्रणलाई व्यवस्थित गर्न विज्ञ समिति गठन गरिएको उल्लेख गरिएको छ । नेपाल औषधि प्रयोगशालालाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार स्तरोन्नति गर्ने प्रक्रिया अघि बढाइएको, साथै सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण(ओएनएम)स्वीकृतिका लागि आवश्यक पूर्वतयारी कार्य सुरु गरिएको छ ।

स्वास्थ्य क्षेत्रमा खरिद तथा आपूर्ति प्रणाली सुधार गर्न विज्ञ समिति गठन गरी खरिद प्रक्रिया, निर्देशिका र कार्यविधि पुनरावलोकन गरिएको, स्थानीय तहका ५, १० र १५  शय्याका आधारभूत अस्पतालहरूका लागि न्यूनतम सेवा मापदण्डअनुसार आवश्यक औजार उपकरणको सूची तयार भइ स्वीकृत दिइएको छ ।

जोखिमयुक्त गर्भवतीको पहिचान र सेवामा पहुँच बढाउन लक्षित कार्यक्रम सञ्चालन गरिएको, कोशी, बागमती र गण्डकी प्रदेशका अस्पतालमा विशेष नवजात शिशु हेरचाह एकाइ (एसएनसियू) सेवा सुदृढीकरण गरिएको विवरणमा उल्लेख छ । 

सोह्र वटा सङ्घीय अस्पतालमा मनोसामाजिक डेस्क स्थापना गरी सेवा सुरु गरिएको, जेनजी आन्दोलनका घाइतेलाई जेनजेड क्लीनिकमार्फत मनोसामाजिक सेवा प्रदान गरिनुका साथै ‘स्वास्थ्य मन, स्वस्थ जीवन’ नामक मानसिक स्वास्थ्य सचेतना अभियान गरिएको । त्यसैगरी सहिद परिवारलाई मनोवैज्ञानिक सहजीकरण गरी पुन:स्थापना गर्ने कार्यको तयारी पूरा भइ सो कार्य पुसको तेस्रो हप्तादेखि सुरुवात हुने विश्वास व्यक्त गरिएको छ ।

वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका लागि स्वास्थ्य जानकारी, जनशक्ति परिचालन र सेवा पहुँच विस्तारमा ध्यान दिनुका साथै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग समन्वय गर्दै टेलिमेडिसन सेवा विस्तारको तयारी भइरहेको विवरणमा उल्लेख छ ।