२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रचण्ड’ले भने : ‘सोसल मिडियाबाट हो-हल्ला गर्नेहरू नै जनताका मुक्तिदाता हुन् भन्ने भ्रम पार्न खोजियो’

अ+ अ-

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक सञ्जालमा हो-हल्ला गर्ने सहर बजारका मान्छेहरूले जनताका मुक्तिदाता भएको भ्रम पार्न खोजिएको बताएका छन् ।

पार्टीको चुनाव चिह्न ‘तारा’ बोकेर रुकुमपूर्वदेखि काठमाडौँसम्म यात्रामा आएका केशव रावलको सम्मानसहितको यात्रा समापन कार्यक्रममा बोल्दै ‘प्रचण्ड’ले दशकौँ लडाइँ र तपस्यासहित विचार बोकेर आएका दलहरू सिद्धिसके भनेर हल्ला फिँजाइएको टिप्पणी गरेका हुन् ।

उनले भने, ‘सोसल मिडिया हेर्‍यो भने । सहर-बजारका मान्छेका हो-हल्ला हेर्‍यो भने त विचारविहीन, इतिहासविहीन, त्याग तपस्या बलिदान र निष्ठाविहीनहरूले नेपाल पूरै कब्जा गरिसके भनेको जस्तो छ । पार्टीहरू त सिद्धिसके भन्ने छ । जसले दशकौँ लडाइँ गरेर त्याग र तपस्या विचार र निष्ठाका कीर्तिमान राखेका बदमास र यीनको अब काम छैन भन्याजस्तो । सोसल मिडियाबाट हो-हल्ला गर्नेहरू नै मुक्तिदाता हुन् भनेर बजार र मोबाइल हेर्नेको हात-हातमा त्यस्तै हो कि भन्ने भ्रम परेको छ ।’

दाहालले आउने दिनमा पार्टीलाई बलियो बनाउन, राष्ट्रको एकता बलियो बनाउन शान्ति समृद्धि र समाजवादको यात्रालाई अझ सशक्त बनाउन संकल्प गर्नुपर्ने बेला आएको बताएका छन् ।

रावलको पदयात्राको प्रशंसा गर्दै उनले पार्टी एकताको पक्ष र राष्ट्र अप्ठ्यारो भएको बेला एकताको सन्देश प्रवाह भएको बताएका छन् ।