काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालयका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
घुसररिसवत लिई भ्रष्टाचार गरेको आरोपमा यातायात व्यवस्था कार्यालय भरतपुर चितवनमा कार्यरत कार्यालय सहयोगी ईन्द्रजित गुरुङविरुद्ध मुद्दा दायर गरेको हो ।
अख्तियारको टोलीले कार्यालय सहायक (पाँचौँ) गुरुङलाई कार्यकक्षबाट रु. १ लाख ८५ हजार नगदसहित २०८२ जेष्ठ ३० गते नियन्त्रणमा लिएको थियो।








