२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विष्णु पौडेलको जिकिर : ‘सरकारले अझै निर्वाचनको वातावरण बनाउन सकेन’

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारले निर्वाचनको विश्वसनीय वातावरण बनाउन नसकेको दाबी गरेका छन्। रिटर्नी फेडेरेसन नेपालको स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रममा उनले दलहरुलाई निषेध गरेर निर्वाचन हुन नसक्ने बताएका हुन्।

उनले भने,‘दलहरूको विकल्प दलहरू मात्र हुन सक्छ। दलहरूलाई निषेध गरेर निर्वाचन हुन सक्दैन।’ 

देशमा राजनीतिक स्थायित्व, सुशासन र समृद्धिमा नेकपा एमालेको नीति र रिटर्नीको भूमिका विषयमा आयोजित नीति संवादमा पौडेलले विदेशबाट फर्केकाहरूको सीप र पुँजीलाई एकीकृत गरेर देश विकासमा लगाउनुपर्ने बताए।

उनले नवयुग ईन्भेस्टमेन्ट जस्ता कम्पनी खोलेर रिटर्नी फेडेरेसनले सातै प्रदेशमा उदाहरणीय काम गर्न आग्रह गरे। उनले सही नीति र नेतृत्वले मात्र देश समृद्ध बन्ने बताए। 

एमाले केन्द्रीय कमिटी सदस्य माधव ढुंगेलले छोटो समयमा फेडेरेसनले पार्टीमा आफ्नो परिचय निर्माण गरेको बताए। रिटर्नीको क्षमता र योगदानको क्षेत्रलाई राजनीतिक पार्टीहरूले बुझ्न आवश्यक रहेको बताउँदै उनले रिटर्नीहरु देश निर्माणका शक्ति भएको टिप्पणी गरे।

राजनीतिक स्थायित्व बिना देश समृद्ध नहुने धारणा राख्दै उनले ५ वर्षे स्थायी सरकारले मात्र विकास निर्माणको खाका कोर्न सक्ने स्पष्ट पारेका छन्।