काठमाडौँ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससि)ले विभिन्न पदका लागि नौ जना कर्मचारी माग गरेको छ ।
सिडिएससिले आज एक सूचना जारी गर्दै आन्तरिक, खुला तथा समावेशी प्रतियोगितात्मकद्वारा स्थायी पद पूर्ति गर्नको लागि सहायक प्रबन्धकदेखि वरिष्ठ कम्प्युटर अपरेटरसम्मका कर्मचारी माग गरेको हो ।
सिडिएससीले आठौँ तहको सहायक प्रबन्धकका लागि एक जना, सातौँ तहको वरिष्ठ अधिकृतका लागि एक जना कर्मचारी माग गरेको छ ।
यस्तै, छैटौँ तहको आई.टी.अधिकृतका लागि तीन जना, पाँचौँ तह वरिष्ठ सहायकका लागि दुई जना र वरिष्ठ कम्प्युटर अपरेटरका लागि एक जना कर्मचारी माग गरेको छ ।
योग्यता पुगेका इच्छुक व्यक्तिले आजदेखि माघ ८ गतेसम्म दरखास्त दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर माघ १५ गतेसम्म दरखास्त दिन सक्नेछन् ।










