२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संस्थापन पक्षका २५ केन्द्रीय सदस्यले शेखर कोइरालासँग गरे छलफल

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसमा निर्वाचन अगावै महाधिवेशन हुनुपर्ने ‘लबिङ’ गरेका संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरूको समूहले नेता डा. शेखर कोइरालासँग छलफल गरेको छ ।

पाँच दिनअघि सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेको उक्त समूहले मंगलबार बिहान इतर समूहको नेतृत्व गर्दै आएका नेता कोइरालासँग छलफल गरेको हो ।

विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा बिहान साढे ८ बजेबाट सुरु भएको छलफल दुई घण्टासम्म चलेको नेताहरूले जानकारी दिएका छन् ।

केन्द्रीय सदस्य आङगेलु शेर्पाले पार्टीमा चुलिएको महाधिवेशनसम्बन्धी विवादको व्यवस्थापनका लागि मध्यमार्गी निकास निकाल्नेबारे कोइरालासँग आफूहरूले छलफल गरेको जानकारी दिए ।

‘मध्यमार्गी लाइनबाट डा. शेखरसँग छलफल भयो । अहिले जुन किसिमको विशेष गर्ने र नगर्ने बीचको टसल आएको छ, त्यसलाई व्यवस्थापन गर्ने र मध्यमार्गी बाटो निकाल्ने बारे छलफल गरिरहेका छौँ’, उनले भने ।

नेता शेर्पाले विवाद समाधानको मोडालिटीबारे पनि छलफल चलिरहेको बताए । तर, उनले मोडालिटीबारे विस्तृत बताउन चाहेनन् । ‘मोडालिटीबारे अहिले त नभनौँ । दुई-तीनवटा मोडालिटी आएको छ’, शेर्पाले भने, ‘त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा छ । ठोस रूपमा आइसकेपछि हामी भन्छौँ । अहिले छलफलमै छौँ ।’

मोडालिटी तयार भइसकेपछि सभापति, कार्यवाहक सभापति, महामन्त्रीहरू र विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाएको समूहसँग छलफल गरेर निष्कर्षमा पुग्ने प्रयास आफूहरूको रहेको शेर्पाको भनाइ छ ।

‘मोडालिटीका बारेमा छलफल भइराखेको छ । मोडालिटी तयार गरिसकेपछि हामी सभापतिजी, कार्यवाहक सभापति र महामन्त्रीहरू र विशेष महाधिवेशन पक्षधरसँग राखेर एउटा निष्कर्षमा पुग्ने कोसिस गरिरहेका छौँ’, उनले भने ।

सभापति देउवालाई १८ पुसमा भेटेको उक्त समूहले सोही दिन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग पनि छलफल गरेको थियो । २५ जनाको यो समूह १५ औँ महाधिवेशनको कार्यतालिकाबारे बहस चलिरहेका बेला निर्वाचन अगावै हुनुपर्ने पक्षमा उभिएको थियो ।