२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामाजिक सद्‍भाव कायम राख्न उपराष्ट्रपतिको अपिल

अ+ अ-

काठमाडौँ। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले मुलुकका केही क्षेत्रमा देखिएका साम्प्रदायिक असमझदारीप्रति चिन्ता व्यक्त गर्दै शान्ति, सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन्।

उनले हिंसा, अफवाह र उत्तेजनाबाट टाढा रहँदै संवाद र आपसी सम्मानलाई प्राथमिकता दिन आग्रह गरेका हुन्।

‘मुलुकका केही भू–भागमा पछिल्ला दिनहरूमा सम्प्रदायबीच उत्पन्न असमझदारी, वैमनस्यता र द्वन्द्वले हाम्रो साझा सामाजिक सद्भावलाई चुनौती दिएको दुःखद घटनाले हामी सबैलाई गम्भीर रूपमा चिन्तित बनाएको छ’, उनले भनेका छन्, ‘नेपालको संविधानले हाम्रो राष्ट्रलाई धर्मनिरपेक्ष, समावेशी र विविधतापूर्ण समाजको रूपमा परिभाषित गरेको छ । यस संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्परा पालन गर्ने स्वतन्त्रता सुनिश्चित गरेको छ । हाम्रो मुलुकको शक्ति नै विविधता, सहिष्णुता र परस्पर सम्मानमा निहित छ । जुनसुकै धर्म मान्ने सम्प्रदाय, समुदाय, समाज र नेपाली नागरिकहरू सबै एउटै राष्ट्रिय परिवारका सदस्य हौँ । हाम्रो भाइचाराको सम्बन्ध, सहअस्तित्व र परस्पर विश्वास नै हाम्रो पहिचान हो, जसलाई अक्षुण्ण राख्नु हामी सबैको साझा कर्तव्य हो ।’

उपराष्ट्रपति यादवले स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गर्न सबै पक्षले जिम्मेवार भूमिका खेल्नुपर्नेमा उपराष्ट्रपतिले जोड दिएका छन् ।