२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री कार्कीसँग मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभले गरे शिष्टाचार भेट

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभले शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा विविध समसामयिक विषयमा कुराकानी भएको छ।

त्यसक्रममा प्रधानमन्त्री कार्कीले प्रदेश प्रमुख लाभलाई प्रदेशको राजनीतिक समस्या समाधानका क्रममा अभिभावकका रूपमा प्रभावकारी भूमिका खेल्न सफल भएको भन्दै प्रशंसा गरिन्। साथै पछिल्ला दिनमा मधेसमा देखिएको सामाजिक समस्या समाधानमा पनि यस्तै भूमिका खेल्न आग्रह पनि गरिन्।

‘मधेस प्रदेशमा देखिएको राजनीतिक समस्या समाधानका लागि तपाईँले जुन अभिभावकीय भूमिका खेल्नुभयो, त्यो प्रशंसनीय छ,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘अझै पनि समाजका सबै पक्ष समेटेर शान्ति र सद्भाव कायम राख्न यस्तै भूमिका खेल्न सक्नुहुनेछ भन्ने मलाई विश्वास छ।’

आउँदो फागुन २१ गतेका लागि निर्धारित निर्वाचनको वातावरण बन्दै गएको अवस्थामा यसबीचमा आउन सक्ने सम्भावित चुनौतीहरूतर्फ पनि सतर्क हुनुपर्ने प्रधानमन्त्रीको धारणा थियो।

‘देश अब पूरै निर्वाचनको मुडमा गइसकेको छ,’ उनले भनिन्, ‘यस्तो समयमा कतिपय तत्त्वले चुनौती खडा गर्न सक्छन्। त्यसतर्फ सचेत रहँदै समाजमा शान्ति, सद्भाव र सहिष्णुता कायम गर्न सबै पक्षले भूमिका खेल्नुपर्ने हुन्छ। तपाईँ पनि अभिभावकका रूपमा पहल गर्नुहोस्। राज्यका सबै संयन्त्र परिचालन गरी चुनावका लागि अनुकूल वातावरण बनाउँदै जानुपर्छ।’

प्रदेश प्रमुख लाभले पनि प्रदेशको शान्ति सुव्यवस्था कायम राख्न आफ्नो तर्फबाट प्रयास गरिरहेको र सुरक्षा तथा प्रशासनिक संयन्त्र परिचालित भइरहेको जानकारी दिए।

प्रदेश प्रमुख लाभले भेटका अवसरमा आफूले पदभार सम्हालेपछिका दुई महिनाको अवधिमा गरेका कामको विवरण प्रस्तुत गर्नुका साथै प्रधानमन्त्री कार्कीलाई मिथिलाका स्थानीय कलाकारले बनाएको जानकी मन्दिरको प्रतिमा र आफ्ना पुस्तक उपहार पनि दिए।