२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चन्दा संकलन गरेर खेलमैदान निर्माण गर्न जमिन खरिद 

अ+ अ-

म्याग्दी । अन्नपूर्ण गाउँपालिका-६ घारमा व्यवस्थित र सुविधायुक्त खेलमैदान निर्माण थालिएको छ । समुदाय स्तरबाट सहयोग जुटाएर खरिद गरिएको तीन रोपनी छ आना जग्गामा खेलमैदानको पूर्वाधार निर्माण थालिएको हो ।

अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु. २० लाख बजेटबाट खेलमैदानको डिलतर्फ पर्खाल निर्माण र जग्गा सम्याउने काम गरिएको वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिए ।

“खेलमैदान अभावमा युवायुवतीलाई खेलअभ्यास गर्न समस्या भएपछि घार युवा क्लबले गत वर्ष रु २८ लाखमा जग्गा खरिद गरेको थियो”, उनले भने, “चालु आर्थिक वर्षमा गाउँपालिकाले विनियोजन गरेको बजेटको काम सकिएको छ । प्रदेश सरकारले विनियोजन गरेको रु. पाँच लाख बजेटबाट थप संरचना निर्माण गर्न बाँकी छ ।”

क्लबले खरिद गरेको जग्गाको नजिकै रहेको थप दुई रोपनी सार्वजनिक जमिनमा रहेको ढुंगालाई पनि पन्छाएर खेलमैदान बनाउने योजना छ । ठुला ढुंगा फुटाउनका लागि मध्य काली गण्डकी जलविद्युत् आयोजनासँग सहयोग मागिएको वडाध्यक्ष खड्काले बताए ।

पैँतालीस मिटर चौडाइ र ७० मिटर लम्बाइमा फुटबल, भलिबल, बास्केटबल खेल सञ्चालन गर्न सकिने प्यारापिट र स्टेजको संरचनासहितको खेलमैदान निर्माण गर्न रु एक करोड १९ लाख लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको छ ।

आगामी वर्षमा पनि गाउँपालिका, प्रदेश र संघीय सरकारमा पहल गरेर थप बजेट व्यवस्थापन गरी खेलमैदान निर्माणलाई पूर्णता दिने वडाध्यक्ष खड्काले बताए । खेलमैदान निर्माण गर्न विभिन्न संघसंस्था र चन्दा सङकलन गरेर रु २८ लाख ४२ हजारमा गत वर्ष घार युवा क्लबले जग्गा खरिद गरेको थियो ।

खारखोला जलविद्युत् आयोजनाले सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत उपलब्ध गराएको रु १३ लाख ५० हजार, चन्दामार्फत रु. पाँच लाख ५५ हजार परिचालन गरिएको खेलमैदान खरिदका लागि हाल जापानमा रहेका घारका ददीवल खड्काले व्यक्तिगत रूपमा रु पाँच लाख सहयोग गरेका छन् ।

घार कोटमन्दिरबाट रु. एक लाख ६५ हजार, शिवकुमार बरुवालले रु. ५० हजार, कमल बरुवालले रु. ५५ हजार, अन्नपूर्ण वन संरक्षण उपसमितिले रु. एक लाख १० हजार सहयोग गरेका र रु. ७० हजार ऋण रहेको घार युवा क्लबका अध्यक्ष सागर खड्काले बताए । घारका बल्लिका बरुवालबाट रु. २१ लाखमा दुई रोपनी १३ आना तीन दाम र भुपाल कार्कीबाट १० आना तीन पैसा क्षेत्रफलको जग्गा रु. सात लाखमा खरिद गरिएको खड्काले बताए ।