२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विशेष महाधिवेशन पक्षधरसँग संवाद गरेर सहमतिको वातावरण निर्माण गर्न शेखरले बढाए दबाब

अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशन पक्षधरसँग संवाद गरेर सहमतिको वातावरण निर्माण गर्न दबाब बढाएका छन्।

सभापति शेरबहादुर देउवासँग आजको भेटमा नेता कोइरालाले ‘पार्टीमा को के हुने भन्दा पनि पार्टी एकता जोगाउने’ विषय महत्वपूर्ण हुने भन्दै बृहत्तर सहमतिका लागि पहल गर्न आग्रह गरेका हुन् ।

महाराजगञ्जस्थित देउवा निवास पुगेर नेता कोइरालाले महामन्त्रीद्वयले विशेष महाधिवेशन आह्वान गरिसकेको अवस्थामा सबै पक्षको सम्मान हुने गरी समाधान खोज्न देउवाको ध्यानाकर्षण गराएका हुन् ।

‘म कोइराला हुँ । पार्टी विभाजन भएको हेर्न सक्दिन । विभाजनको पीडा तपाईँले पनि भोग्नुभएकै छ। के के गर्नुपर्छ गरौँ, विभाजन रोकौँ’, देउवासँग शेखरले भने ।

उनले आफ्नालाई काँग्रेसको सभापति बन्ने वा नबन्नेभन्दा पनि काँग्रेस सग्लो रहने वा नरहने भन्ने कुरा महत्वपूर्ण रहेको देउवालाई बताएका छन् ।

‘म भोली सभापति बनुँला वा नबनुला । तपाईँले सहयोग गर्नुहोला वा नहोला । त्यो भन्दा महत्वपूर्ण कुरा काँग्रेसको एकता हो । एकता जोगाउन तपाईँले पहल लिनुस्’, देउवालाई शेखरले भनेका छन् । जवाफमा सभापति देउवाले पछिल्लो परिस्थितिप्रति आफू चिन्तित रहेको भन्दै सबैसँग संवादका लागि तयार रहेको बताएका छन् ।

सभापति देउवासँग छलफलका क्रममा नेता कोइरालाले महामन्त्रीहरूले आह्वान गरिसकेको अवस्थामा भृकुटीमण्डपमा बोलाइएको विशेष महाधिवेशनलाई नै संकल्प सभामा परिणत गरेर निकास खोज्न सुझाव दिएका छन् ।

‘विधानतः समयमै महाधिवेशन हुनुपर्छ भन्नेमा म सधैँ उभिएको छु । अहिले चुनावका र अन्य चुनौतीका कारण पार्टी समस्यामा छ । यस्तो बेलामा उहाँहरुले बोलाएकै भेलालाई पनि साझा मञ्च बनाएर एकता जोगाउन तयार हुनुपर्छ’, शेखरको भनाई छ ।

शेखरले महामन्त्रीद्वयसँग संवाद गर्न, कुरा सुन्न र समाधानको विकल्प खोज्न देउवामाथि दबाब बढाएका हुन् । आजै २ बजेपछि उपसभापति धनराज गुरुङ र सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियारसहित शेखरले पुनः सभापति देउवासँग छलफल गर्नेछन् ।