काठमाडौँ। सालपा विकास बैंक लिमिटेडको प्राथमिक सेयर (आईपीओ) आज बाँडफाँट भएको छ ।
कम्पनीले पुस १६ गतेदेखि २० गतेसम्म सर्वसाधारणका लागि आवेदन खुलाएको प्राथमिक सेयर (आईपीओ) आज बाँडफाँट भएको हो ।
कम्पनीले कुल १४ करोड ३९ लाख १७ हजार ९०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ लाख ३९ हजार १७९ कित्ता शेयर निष्कासन गरेको थियो।
सो निष्कासनमा २३ लाख २ हजार ८४३ जनाले २ करोड ५९ लाख ३४ हजार ९३० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए। जसमध्ये २२ लाख ६५ हजार ९५५ आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएका छन्।
जसअनुसार १ लाख ४३ हजार ९१७ जनाले १० कित्ताका दरले बैंकको शेयर प्राप्त गरेका छन् भने ९ जनाले ११/११ कित्ता प्राप्त गरेका छन् ।
यसको नतिजा बैंकको आईपीओ बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड वा सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट पनि हेर्न सकिनेछ । मेरो सेयरमा पनि नतिजा हेर्न सकिनेछ ।







