२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महाकालीको बगरमा बालुवा छानेर जीविका चलाउने दम्पतीहरू

अ+ अ-

महेन्द्रनगर । कञ्चनपुरको लालझाडी गाउँपालिका–४ जाइँका ५६ वर्षीय भजौरा चौधरी महाकाली नदीको बगरमा श्रीमतीसहित बालुवा छानिरहेको अवस्थामा भेटिए।

गत मङ्सिर दोस्रो साता कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ महाकाली नदीको बगरमै झोपडी बनाएर आश्रय लिइरहेका चौधरी दम्पतीको काम दिनभर बालुवा र गिट्टी छान्ने हो । हरेक वर्ष हिउँदका बेला छ महिना नदीको बगरमा बसेर बालुवा गिट्टी छानेर बिक्री गरी घरयासी खर्च चलाउन थालेको चौधरीको दम्पतीको चार वर्ष भयो ।

“गरेर खाने बानी भयो ढुंगा, गिट्टी सारो मानेर के गर्नु,” मुस्कुराउँदै भजौरा डगौराले भने, “अरु बेला गाउँघरमा खेती किसानीमा समय सदुपयोग गरेर पनि हिउँदमा भने महाकालीको बगरमा आइहाल्छौँ ।” उनले मङ्सिरदेखि आगामी वैशाखसम्म बगरमै रात बिताएर ढुंगा गिट्टी छानेर जीविका चलाउने योजना सुनाए।

“बगरमा झोपडीको बास भए पनि पेट पाल्न बिहानदेखि साझँसम्म छानमै हुन्छौँ”, उनले भने, “बेचेरको बालुवारगिट्टीको रकमबाट आफ्नो खर्च र मासिक रु २५/३० हजार कमाइ गरेर घर लैजान्छौँ ।” पारिवारिक अवस्था नाजुक भएकै कारण वृद्ध अवस्थामा पुग्दा आफूहरू रोजगारी सम्झेर बगरमा काम गरिरहेको चौधरी दम्पतीको भनाइ छ । “चार छोरीरतीन छोरा गरी सात जना सन्नती छन्”, उनले भने, “शरीरमा ताकत हुँदासम्म आफैँ गरेर खाँउ भनेर हरेक वर्ष महाकालीमा दुःख गर्न आउँछौँ ।”

त्यसैगरी महाकाली नदीको तटीय क्षेत्र भीमदत्त नगरपालिका–१३ बडैपुरका खड्कसिंह भट्टको दम्पती पनि नदीको बगरमै बालुवा र गिट्टी छानेर जीविका चलाइरहेका छन् । “यहाँको दुःखले घरको चुल्हो बल्छ”, भट्टले भने, “विगत डेढ दशकदेखि बगरकै सङ्घर्षले जीविका चलेको छ ।” उनले दुई छोराहरू हालै मजदूरीका लागि भारतको बैंग्लोर गएको बताए ।

“प्रतिट्रली बालुवा रु दुई हजार र गिट्टी रु तीन हजारमा बिक्री हुन्छ”, उनले भने, “बगरमा गिट्टी छान्नु भनेको सामान्य दुःखले सम्भव छैन ।” भट्टले महाकालीको तटीय क्षेत्र भुजेला, ओदाली, बडैपुर र पिपरियाका स्थानीयको रोजगारीको गन्तव्य नै बगर हुँदै आएको बताए।

“पहिले दलित, सोनाहलगायत विपन्न समुदायका नागरिकहरू बालुवा छान्न धेरै आउँथे”, भट्टले भने, “अहिले त कञ्चनपुरको बेल्डाडी, बेलौरीदेखि कैलालीबाट समेत आउने गर्छन् ।” उहाँले चार दिनको फरकमा एक ट्रली बालुवा/गिट्टी बिक्री हुने गरेको बताए ।

“बालुवा छान्न बोक्दै टाउकोको कपाल झरिसके”, भट्टले भने, “बूढा-बूढी हासीमजाक गर्दै दिनभर बगरमै सङ्घर्ष गरिरहेका छौँ ।” भीमदत्त नगरपालिका–११ भुजेलादेखि वडा नं १३ को झोलुङ्गे पुलसम्मको क्षेत्रमा यतिबेला सयौँ परिवार बालुवा(गिट्टी छानेर आयआर्जनमा जुटेको भीमदत्त नगरपालिका–१३ का वडाध्यक्ष रामबहादुर बोहराको भनाइ छ ।

“मेरो वडाका मात्रै डेढ सयभन्दा बढी परिवार हिजोआज महाकाली नदीको बगरमा बालुवा/गिट्टी छान्ने कार्यमा संलग्न छन्”, वडाध्यक्ष बोहराले भने, “बगर गरिबीको रेखामुनि रहेका नागरिकहरूले जीविका चलाउने थलो बनेको छ ।” उनले लामो समयदेखि हिउँदका बेला स्थानीयहरू नदीमा काम गर्ने गरेको बताए ।

स्थानीय नागरिकका साथै स्कुले विद्यार्थीसमेत यतिबेला बालुवा छान्ने कार्यमा संलग्न रहेको देखिएका छन् । भीमदत्त नगरपालिका–१३ बडैपुरस्थित सिद्धनाथ माध्यमिक विद्यालयमा कक्षा–९ मा अध्ययनरत छात्रा भूमिका धामी र कक्षा–१० मा अध्ययनरत ललिता खत्री पनि बगरमा बालुवा छान्दै गर्दा भेटिए ।

“अहिले बिदाको समय भएकाले घर खर्च र आफ्नो लुगाफाटो किन्न हुन्छ भनेर यहाँ काम गरिरहेका छौँ,” भूमिका धामीले भने, “विद्यालय समय सकेर बेलुकीपख पनि घर नजिक भएकाले बालुवा छान्न आइरहेका हुन्छौँ ।” उनले आफूहरू विगत तीन वर्षयता यहाँ हिउँदमा बालुवा छान्न आइरहेको बताए ।

“बर्सातमा बेला नदीमा पानीको बहाव हुने भएकाले काम गर्न सकिँदैन”, उनले बालुवा संकलन अवस्थाबारे भने, “अहिलेको बेला त महाकाली छेउछाउका बस्तीका लागि काम गर्न आउने ठाउँ नै यहीँ हो ।” उनले छानेको बालुवा र गिट्टी खरिदका लागि ट्र्याक्टर लिएर बगरमै पुग्ने गरेको बताए ।

त्यस्तै भीमदत्त नगरपालिका–१३ का मनोज साउँद बगरमा बालुवा गिट्टी छानेर घर खर्च चलाउन थालेको दश वर्ष भयो । “हामी दम्पती नै बिहानदेखि साँझ अबेरसम्म यहाँ छानेको काममा सक्रिय हुनु नै दैनिकी हो,” बगरमा भेटिनुभएका साउँदले भने, “एक सिजनमा दुवै जनाको गरेर रु डेढ/दुई लाखसम्म कमाइ हुन्छ ।”