२३ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुराना दललाई गृहमन्त्री गुरुङको चेतावनी : ‘इतिहास फेर्ने कोसिस नगर्नुस्, अझै समय छ सुध्रिनुस्’

अ+ अ-

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जेन जेड आन्दोलनलाई पुराना राजनीतिक दलहरूले गलत ढंगले व्याख्या गर्ने गरेको आरोप लगाएका छन् ।

जेन जेड शहीद दिवसका अवसरमा जेन जेड शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा उनले इतिहासलाई बदल्ने चेष्टा नगर्न चेतावनी दिए। जेन जेड आन्दोलन नेपालको ऐतिहासिक इतिहास भएको दाबी गर्दै उनले इतिहासको अपव्याख्या गर्ने छुट कसैलाई नभएको बताए ।

उनले पुराना राजनीतिक शक्तिहरूलाई ‘सुध्रिन’ चेतावनी दिए। जेन जेड आन्दोलनलाई अपमान ३ करोड नेपाली जनतालाई अपमान भएको उनको दाबी छ । गृहमन्त्री गुरुङले पुराना राजनीतिक सोच र परम्परागत कार्यशैलीबाट नयाँ नेपाल निर्माण हुन नसक्ने बताए। उनले पुराना दलका नेताहरूलाई समयमा नै आफ्नो सोच र कार्यशैली परिवर्तन गर्न आग्रह गरे ।

उनले भने, ‘पुराना दलका केही साथीहरूले हाम्रो आन्दोलनलाई अझै पनि विभिन्न तरिकाले व्याख्या गरेका देख्दाखेरि अचम्मै लाग्छ । र म उहाँहरू सबै जनालाई भन्न चाहन्छु, त्यो दिन इतिहास हो । र इतिहास कसैले फेरेर फेरिँदैन । इतिहासलाई फेर्ने कोसिस पनि नगर्नुस् । त्यो इतिहास नै थियो भन्नलाई पनि साबित गर्नलाई ३ करोड नेपाली जनताले हामीलाई जिताएर पठाएको हो । तपाईँले यो आन्दोलनलाई अपमान गर्नुहुन्छ भने तपाईँले ३ करोड नेपाली जनतालाई अपमान गरिराख्नुभएको छ, यो पनि स्मरण रहोस् । त्यही भएर सुध्रिनुस् भन्न चाहन्छु । सुध्रिनुस्, अझै पनि समय छ, सुध्रिनुस् । त्यही पुराना ट्रेन्डिसनले, त्यही पुराना सोचले नयाँ नेपाल तपाईँले बनाउन सक्दैन, हामीले बारम्बार भन्दै आएको कुरा नै हो ।’

उनले जेन जेड आन्दोलन सत्ताप्राप्ति वा शक्तिको लोभमा नभएको दाबी गरे । भदौ २३ गतेको आन्दोलनमा युवाहरू सुशासनको पक्षमा उभिन सडकमा आएको उहाँले बताउनु भयो । शान्तिपूर्ण आन्दोलनमाथि दमन गरिएको कारण भदौ २४ गतेको घटना भएको दाबी गर्नुभयो । तर हाल भदौ २४ गतेलाई मात्रै केन्द्रमा राखेर प्रचार भइरहेको उनको भनाई छ ।

उनले भने, ‘भदौ २३ मा पनि हामी तपाईँको सत्ताको पछाडि थिएनौँ । न त हामीलाई सत्ताको लोभ नै छ, न त शक्तिको घमण्ड नै छ । अहिले पनि छैन, त्यतिखेर पनि हामीलाई केही लोभ पनि थिएन, आशा पनि थिएन । सुशासनको पक्षमा हामी उभिनका लागि मात्र युवाहरू एकै ठाउँमा हामी जम्मा भएका थियौँ । तर जसरी हाम्रो शान्तिपूर्ण आन्दोलनलाई दमन गरियो, हामीसँग सँगै आन्दोलन गरेका भाइ–बहिनीहरूलाई जसरी गोली हानियो, अझै पनि लाजै नमानी २४ गते जल्यो भन्दै ट्रेनिङ दिइराखेको देखिन्छ, देश जलेको दिन । २३ गते देश मरेको दिन थियो, मान्छे मरे भने त यो देश पनि कहाँ रहन्छ ?’

उनले मान्छे रहे मात्रै देश रहने बताए । जेन जेड आन्दोलनलाई नकारात्मक बनाउन देश जलाएको भाष्य जबरजस्ती सिर्जना गर्न खोजेको उनको आरोप छ ।

0 Comments