२३ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहमन्त्री गुरुङको दाबी : ‘हामी कसैसँग राजनीति सिक्न आएका होइनौँ, सिकाउन आएका हौँ’

अ+ अ-

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राजनीतिमा नयाँ पुस्ता सिक्न नभई सिकाउन आएको दाबी गरेका छन् ।

जेन जेड शहीद दिवसका अवसरमा जेन जेड शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा उनले नयाँ पुस्ता पुरानो राजनीतिक शैली सिक्न नभई त्यसलाई सच्याउन आएको बताएका हुन् ।

नयाँ पुस्ताको सरकारले पुरानो राजनीतिक संस्कारलाई परिवर्तन गर्ने उनको दाबी छ । वर्तमान सरकारले जनतालाई शासन गर्ने नभई सेवा गर्ने राजनीतिक संस्कार विकास गर्ने उनले बताए । पुरानो पुस्ताले जनतामाथि राज मात्रै गरेको उल्लेख गर्दै उनले नयाँ पुस्ताले जनाको सेवा गर्ने बताए ।

उनले नयाँ पुस्ता सरकारमा टिका लगाएर नभई निर्वाचनमा दुईतिहाई मत ल्याएर आएको बताए । उनले आफूहरूलाई राजनीति, संस्कार र सरकार चलाउन नसकिउन पुराना राजनीतिक दललाई आग्रह गरे । आफूहरूको बोली, शैली वा काम गर्ने तरिका कतिपयलाई असहज लाग्न सक्ने भए पनि गलत काम नगर्ने उनको दाबी छ । वर्तमान सरकार तीन करोड नेपालीको आशा भएको दाबी गर्दै उनले सरकारको उद्देश्य पछाडि फर्किने नभई नयाँ नेपाल निर्माणतर्फ अघि बढ्ने रहेको बताए।

उनले भने, ‘हाम्रो भविष्य हामी आफैँ कोर्ने वाला छौँ, अरूलाई कोर्ने दिने वाला छैनौँ । आफ्नो फ्युचर आफ्नो भविष्य आफ्नै हातले कोर्ने वाला छौँ । राजनीति हामी सिकाउन आएको, सिक्न आएको होइन । तपाईँहरूको राजनीतिले हाम्रो जनतालाई राज गर्न सिकायो । यो युवाहरूको पुस्ताको सरकार हो हामी सेवा गर्न सिकाउँछौँ । यही हो राजनीति नयाँ राजनीति । संस्कार भन्नुहुन्छ ट्रेडिसन, परम्परा भनेर भन्नुहुन्छ । हामी त्यही संस्कार परिवर्तन गर्न आएको, तपाईँको संस्कार भएन भनेर हामी आएको, हामी लड्न आएको र यत्तिकै हामीलाई टीका लगाएर हामी आएको होइन । चुनाव लडेर, जितेर तपाईँहरूलाई दुई तिहाइको बहुमत ल्याएर देखाएर आएको सरकार हो । चेतना भया । म सम्पूर्ण नेतागणहरूलाई जसले आफ्नो, आफूलाई राजनीतिमा हामी धेरै परिपक्व छौँ भनेर हामीलाई भाषण सुनाउनुहुन्छ उहाँहरूलाई भन्न चाहन्छु, सन्देश दिन चाहन्छु यही मञ्चबाट, त्यो संस्कार भत्काउन आएको नयाँ पुस्ताको सरकार हो ।’

उनले नेपाललाई स्वीट्जरल्याण्ड वा सिंगापुर बनाउने नभई आफ्नै पहिचानसहितको नेपाल निर्माण गर्ने बताए । उनले सरकारको कामप्रति विश्वास गर्न नागरिकलाई आग्रह समेत गरे ।

0 Comments