दाङ । घोराही उपमहानगरपालिका-१४ मिलन चोकबाट अवैध लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ४७ ग्राम ६ सय ७० मिलिग्राम र नगद ८५ हजार ८ सय रुपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१४ खोलीगाउँ बस्ने ३४ वर्षीय सुशील गहतराज र ३२ वर्षीय अम्मर वली रहेका छन् ।
अस्थायी प्रहरी पोष्ट घोराही बसपार्कबाट खटिएको प्रहरीले लु.८० प ६३११ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित बिहीबार राति पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।







