काठमाडौँ । बैतडीको जिप दुर्घटना हुँदा घटनास्थलमै मृत्यु भएका ३ जनाको पहिचान खुलेको छ ।
मृत्यु हुनेमा सिगास गाउँपालिका १ बस्ने २४ वर्षीय निशान्त बोहरा, सिगास कै २८ वर्षीय भान देव भट्ट, डडेल्धुराको आलिताल गाउँपालिका ३ बस्ने १३ वर्षका राकेश रावल रहेको प्रहरीले जनाएको छ ।
पाटन नगरपालिका ८ को विजयपुर नजिकै झैलेक भिरमा सुर्नया गाउँपालिका-६ को मोतिनगरबाट डडेल्धुरातर्फ आउँदै गरेको म १ ज २२४ नम्बरको जिप आज बिहान करिब १० बजेको समयमा दुर्घटनामा परेको हो । घाइतेहरूलाई डडेल्धुरा अस्पताल पठाइएको छ ।







