२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कल्याणपुरका नगरप्रमुख साह भ्रष्टाचार मुद्दामा दोषी ठहर

अ+ अ-

सिरहा । सिरहाको कल्याणपुर नगरपालिकाका नगरप्रमुख रामपुकार साह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, हेमन्त रावल र उमेश कोइराला सम्मिलित संयुक्त इजलासले नगरप्रमुख साहलाई दोषी ठहर गरेको हो ।

अदालतले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा रु. एक लाख जरिवाना तथा सोही दफाको उपदफा (ख) बमोजिम छ महिना कैद सजाय सुनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासबाट खटिएको टोलीले नगरप्रमुख साहलाई गत असार ३२ गते सेवाग्राहीसँग रु. एक लाख घुस लिँदै गरेको अवस्थामा नगरपालिकाको कार्यालयबाटै पक्राउ गरेको थियो ।

कल्याणपुर नगरपालिका–६ मा नाला निर्माण योजनाको काम सम्पन्न भएपछि भुक्तानीको चेक दिने क्रममा उपभोक्ता समितिका प्रतिनिधिसँग उनले घुस लिएको अख्तियारको आरोप थियो । सोही आरोपसहित अख्तियारले गत साउन २३ गते विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको थियो ।

यसै मुद्दामा, बयान फेरेको आरोपमा अख्तियारले गत मङ्सिर २६ गते उजुरीकर्तासमेत रहेकी उपभोक्ता समितिकी अध्यक्ष जसोदा कुमारीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । तर विशेष अदालतले जसोदालाई सफाइ दिएको छ । अदालतले संलग्नता पुष्टि हुने पर्याप्त प्रमाण नदेखिएको ठहर गर्दै उनलाई आरोपमुक्त गरेको हो ।