काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत र नगर प्रमुख सहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले बुधबार सर्लाहीको बलरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुशील कुमार साह, नगर प्रमुख रामा शंकर प्रसाद कुशवाहा, वडाध्यक्ष मनोज मोहन कुमार सिंह, योजना शाखा प्रमुख उदय कुमार साह, सहायक लेखापाल राज कुमार महतोसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
उनहिरुमाथि किशोरीहरूको लागि खेलौना बनाउने तालिममा गैर कानुनी लाभ वा हानी पुर्याई भ्रष्टाचार गरेको आरोप आयोगले लगाएको छ ।









