काठमाडौँ । नागरिक लगानी कोषले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ ।
कोष अध्यक्ष तुलसीप्रसाद घिमिरेले शुक्रबार अर्थमन्त्री रामेश्वर खनाललाई भेटेर उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
यससँगै कोषमा कुल सहायता रकम १४ करोड ७ लाख रुपैयाँ जम्मा भइसकेको अर्थ मन्त्रालयले जनाएको छ ।
कोषमा पुर्याएको योगदानका लागि अर्थमन्त्री खनालले सरकारका तर्फबाट नागरिक लगानी कोषलाई धन्यवाद दिएका छन् ।







