२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माधव नेपालको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता

अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपालको प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारी अमान्य गर्न माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गरिएको छ। 

रौतहट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार राम नरेश यादवले गौरस्थित निर्वाचन अधिकृतको कार्यालयमा औपचारिक उजुरी दायर गरेका हुन्।

उजुरीमा पतञ्जलि योगपीठसँग सम्बन्धित जग्गा प्रकरणमा माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा विशेष अदालत, काठमाडौँमा विचाराधीन अवस्थामा रहेको उल्लेख गरिएको छ। भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता भई निलम्बनमा परेको व्यक्ति प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १७ अनुसार निर्वाचनमा उम्मेदवार बन्न अयोग्य हुने कानुनी व्यवस्था रहेकाले नेपालको उम्मेदवारी खारेज गर्नुपर्ने माग गरिएको यादवले जनाएका छन्।

उक्त प्रकरणमा विशेष अदालत काठमाडौँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नेपालसम्बन्धी मुद्दाको फाइल झिकाउन आदेश दिइसकेको छ। अख्तियारले पतञ्जलि जग्गा हिनामिना प्रकरणमा माधवकुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा दायर गरेको छ।

उजुरीमा उल्लेख भएअनुसार २०६६ माघ १८ गते नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले पतञ्जलिलाई आयुर्वेदिक विश्वविद्यालय सञ्चालन गर्ने प्रयोजनका लागि काभ्रे जिल्लामा हदबन्दी छुटमा ८१५ रोपनी जग्गा खरिद गर्न स्वीकृति दिएको थियो। सो निर्णयपछि पतञ्जलिले बनेपा नगरपालिकाअन्तर्गत साबिकका साँगा, नासिकास्थान र महेन्द्रज्योति गाविस क्षेत्रभित्र ५९३ रोपनीभन्दा बढी जग्गा खरिद गरेको थियो।

त्यसपछि मन्त्रिपरिषद्कै निर्णयमार्फत भूमिसम्बन्धी कानुनको प्रावधान विपरीत हदबन्दी छुटमा प्राप्त ३५३ रोपनी १५ आना जग्गा काष्ठमण्डप बिजनेस होम्स प्रालिलाई बिक्री गरिएको उजुरीमा उल्लेख छ। भारतीय योगगुरु रामदेवद्वारा सञ्चालित पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालले उद्योग सञ्चालनका लागि प्राप्त गरेको उक्त जग्गा उद्देश्य विपरीत प्रयोग भएको सरकारी छानबिन समितिको प्रतिवेदनले पनि पुष्टि गरेको जनाइएको छ।