काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का तर्फबाट गोरखा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ मा उम्मेदवारी दिएका गोपालबाबु श्रेष्ठले आफ्नो उम्मेदवारी औपचारिक रूपमा फिर्ता गरेका छन्।
आज निर्वाचन कार्यालयमा प्रस्तावक र समर्थकको उपस्थितिमा पुगेर उम्मेदवारी फिर्ता सम्बन्धी प्रक्रिया पूरा गरेका हुन्।
उम्मेदवारी फिर्ता हुने क्रम सकिएसँगै गोरखा क्षेत्र नं १ मा अब १२ जना उम्मेदवार प्रतिस्पर्धामा रहने भएका छन् भने क्षेत्र नं २ मा १३ जना उम्मेदवार कायम भएका छन्।
यसअघि सोही पार्टीबाट गोरखा क्षेत्र नं २ मा उम्मेदवारी दिएका डा. बाबुराम भट्टराईले पनि निर्वाचनबाट बाहिरिने निर्णय लिइसकेका छन्। यी निर्णयसँगै प्रलोपाले गोरखाका दुवै प्रतिनिधिसभा क्षेत्रबाट उम्मेदवारी फिर्ता लिएको अवस्था बनेको छ।







