२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले ओखलढुंगा जिल्ला कमिटी नै नेकपामा समाहित

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) को ओखलढुंगा जिल्ला कमिटी सामूहिक रूपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित भएको छ। शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा नेकपाले ओखलढुंगा जिल्ला कमिटीका पदाधिकारीसहित ३८ जनालाई पार्टी प्रवेश गराएको हो।

नवदुर्गा पार्टी भेन्युमा सम्पन्न कार्यक्रममा एमाले ओखलढुंगा जिल्ला अध्यक्ष ज्ञानबहादुर खड्का, उपाध्यक्ष कमलप्रसाद न्यौपाने, सचिव अशोक थापा, उपसचिव राजीव कटुवाललगायतका नेता कार्यकर्तालाई औपचारिक रूपमा स्वागत गरिएको जनाइएको छ।

यसअघि उनीहरूले काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गरी एमालेबाट सामूहिक राजीनामा दिएको सार्वजनिक गरेका थिए। प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा जिल्ला कमिटीको सिफारिसलाई बेवास्ता गर्दै पार्टी नेतृत्वले एकल निर्णयमार्फत उम्मेदवार चयन गरेकोप्रति असहमति जनाउँदै उनीहरू पार्टीबाट अलग भएका हुन्।

उनीहरूको भनाइअनुसार जिल्ला कमिटीबाट अम्बिरबाबु गुरुङ, यज्ञराज सुनुवारसहित पाँच जनाको नाम सिफारिस गरिएको थियो। तर ती सिफारिसलाई उपेक्षा गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्ना निकटताको आधारमा अस्मिता थापालाई उम्मेदवार बनाएको आरोप लगाइएको छ।

उम्मेदवार छनोट प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै अम्बिरबाबु गुरुङले यसअघि नै एमाले परित्याग गरिसकेका थिए। नेकपाले उनलाई प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारका रूपमा अघि सारेको जनाएको छ।