२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गण्डकी प्रदेशबाट राष्ट्रिय सभामा काँग्रेसका तिमिल्सिना एमालेकी देवकोटा विजयी

अ+ अ-

काठमाडौँ । गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने राष्ट्रिय सभा सदस्य चयनका लागि सम्पन्न निर्वाचनबाट दुई जना उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन परिणाम अनुसार प्रा. डा. जगत तिमिल्सिना र सम्झना देवकोटा राष्ट्रियसभाका सदस्य बनेका हुन् ।

आज सम्पन्न मतदान प्रक्रियाबाट नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार रहेका तिमिल्सिना अन्य समूह अन्तर्गत निर्वाचित भए भने नेकपा एमालेकी उम्मेदवार देवकोटा महिला समूहबाट सफल भइन् । यस निर्वाचनमा काँग्रेस र एमालेबीच सहकार्य रहेको थियो ।

निर्वाचन अधिकृत कार्यालयका अनुसार कुल ६ हजार ६९ मतभारमध्ये तिमिल्सिनाले ५ हजार ३३ मतभार प्राप्त गरे भने देवकोटाले ५ हजार १४ मतभार हासिल गरिन् ।

निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट गोमा लुइँटेल घिमिरे र कपिल लामा तथा राष्ट्रिय जनमोर्चाबाट लक्ष्मी बास्कोटा र शंकरप्रसाद बराल उम्मेदवारको रूपमा प्रतिस्पर्धामा थिए ।