२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डिजिटल भुक्तानी गर्न सहज हुने वातावरण विस्तार गर्नेबारे नेपाल र भारतका केन्द्रीय बैंकबीच छलफल

अ+ अ-

काठमाडौँ । नेपाली नागरिकले भारत भ्रमण गर्दा क्यूआर कोडमार्फत डिजिटल भुक्तानी गर्न सहज हुने वातावरण विस्तार गर्ने विषयमा नेपाल र भारतका केन्द्रीय बैंकबीच छलफल भएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल र भारतीय रिजर्ब बैंकका गभर्नर सञ्जय मलहोत्राबीच हालै मुम्बईमा भएको भेटवार्तामा अन्तरदेशीय विद्युतीय भुक्तानी प्रणालीलाई प्रभावकारी बनाउने उपायबारे विचारविमर्श गरिएको हो । उक्त भेट आरबीआईको केन्द्रीय कार्यालयमा सम्पन्न भएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

छलफलको मुख्य केन्द्रविन्दु नेपाली नागरिकले भारतमा रहँदा क्यूआर कोडमार्फत हुने भुक्तानी प्रक्रियालाई थप सरल, सुरक्षित र पहुँचयोग्य बनाउने विषय रहेको थियो । यसका साथै नेपाल-भारतबीच विद्युतीय भुक्तानी कारोबार विस्तार, दुवै मुलुकका लागि लाभदायी सहकार्यका सम्भावना र प्राविधिक समन्वयका पक्षमा समेत छलफल गरिएको जनाइएको छ ।

भेटमा मौद्रिक नीतिको कार्यान्वयन, तरलता व्यवस्थापन, विदेशी विनिमय प्रणाली, सूचना प्रविधि प्रयोग, आर्टिफिसियल इन्टेलिजेन्समा आधारित वित्तीय सुपरीवेक्षणलगायत क्षेत्रमा आरबीआईले अवलम्बन गरेका नीतिगत अभ्यासबारे पनि जानकारी आदानप्रदान भएको थियो ।

सो अवसरमा नेपाल राष्ट्र बैंकका विदेशी विनिमय व्यवस्थापन विभाग, भुक्तानी प्रणाली विभाग र बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशकहरूले आ–आफ्नो क्षेत्रसँग सम्बन्धित अनुभव प्रस्तुत गर्दै भारतीय पक्षसँग सहकार्य विस्तार गर्न सकिने सम्भावनाबारे धारणा राखेका थिए ।

भारत भ्रमणकै क्रममा गभर्नर पौडेलले गुजरातको अहमदाबादस्थित इन्टरनेसनल फाइनान्सियल सर्भिस सेन्टर्स अथोरिटी (आईएफएससीए) का उच्च पदस्थ अधिकारीहरूसँग पनि भेटघाट गरेका थिए । उक्त भेटमा गुजरात इन्टरनेसनल फाइनान्स टेक-सिटी (गिफ्ट सिटी) को अवधारणा, हालको विकास अवस्था, लगानी आकर्षणका लागि अपनाइएका नीतिहरू तथा नेपाल राष्ट्र बैंकसँग सहकार्यका सम्भावित क्षेत्रबारे छलफल भएको बताइएको छ ।